+
Search

ताजा अपडेट +

पपुलर +

त्रिशूलीमा सिजि कम्पनीको आधिकारिक ई-सर्भिसिङ्ग सञ्चालनमा

त्रिशूलीमा सिजि कम्पनीको आधिकारिक ई-सर्भिसिङ्ग सञ्चालनमा
त्रिशूली प्रवाह
४ महिना अगाडी

त्रिशूलीबजार । नुवाकोट जिल्ला, विदुर-१ त्रिशूली बसपार्कमा सिजि कम्पनीको आधिकारिक प्राप्त ई-सर्भिसिङ्ग सेन्टर सोमबारबाट सञ्चालनमा आएको छ । टिमुरे यातायात प्रा.लि.का व्यवसायीद्वारा सञ्चालित उक्त नुवाकोट ई–सर्भिसिङ्ग सेन्टर प्रालिको उद्घाटन विदुर नगरपालिकाका प्रमुख राजनलाल श्रेष्ठले यहीँ भदौ ९ गते गर्नुभएको हो ।

टिमुरे यातायात प्रालि र नुवाकोट ई-सर्भिसिङ्ग सेन्टर प्रालिका अध्यक्ष प्रकाश जोशीले विद्युतीय सवारी साधनको सहुलियत रूपमा सेवा प्रदान गर्ने सो अवसरमा जानकारी दिनुभयो । सो कार्यक्रममा उपप्रमुख प्रभा बोगटी, विदुर–१ का वडाध्यक्ष लेनिन रञ्जित, जिल्ला ट्राफिक कार्यालयका प्रमुख आशुतोषबहादुर शाहीलगायतले सर्भिस सेन्टरको आवश्यकता रहेको बताउनुभएको थियो । पछिल्लो समय जिल्लामा ईभी सवारी साधन बढिरहेको छ । जिल्लामा गुड्नेमध्ये अधिकांश सिजि कम्पनीको ईभी सवारी साधन रहेको छ । ईभी गाडीको प्रयोगबाट प्रदुषण कम हुने र आर्थिक रूपमा समेत सस्तो पर्ने हुनाले यसको प्रयोगमा प्राथमिकता दिनुपर्ने टिमुरे यातायात प्रालिका अध्यक्ष जोशीले बताउनुभयो । अहिले रसुवा र नुवाकोट जिल्लामा झण्डै तीनसय ईभी माइक्रो सञ्चालनमा रहेका छन् ।

 

 

ईभीका माइक्रोको लागि रसुवा-नुवाकोटका अधिकांश स्थान र सडक उपयुक्त भएकोले ईभी गाडीको कारण बस तथा मिनिबस विस्थापित हुने क्रममा रहेको छ । जिल्लामा टिमुरे यातायात प्रालि, नमस्ते पासाङल्हामु यातायात प्रालि र त्रिशूली यातायात प्रालिका ईभी माइक्रो सञ्चालनमा रहेका छन् । नुवाकोट नागरिक समाजले अहिले सञ्चालनमा रहेको ईभी माइक्रोको भाडा सरकारले तोकेको भन्दा बढी लिने गरेको दावी गरेको छ । सरकारी दररेटको भाडा निर्धारण गर्न समाजका अध्यक्ष बद्री त्रिपाठीले स्थानीय सरकार र स्थानीय प्रशासनको ध्यानाकर्षण गराउँदै आएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह