+
Search

ताजा अपडेट +

पपुलर +

अब बाढीको पूर्वसूचना फोनकलमै

अब बाढीको पूर्वसूचना फोनकलमै
त्रिशूली प्रवाह
११ महिना अगाडी

काठमाडौँ । अब नदीकिनार तथा बाढीप्रभावित क्षेत्रका नागरिकले फोनकलबाट बाढीको पूर्वसूचना पाउने भएका छन् ।

Utsuk Books & Stationery

जल तथा मौसम विज्ञान विभागले बाढीप्रभावित क्षेत्रका नागरिकको मोबाइलमै बाढीको पूर्वजानकारी गराउने तयारी गरेको छ । विभागले इन्ट्रयाक्टिस भ्वाइस रेस्पन्स (आइभिआर) प्रणाली लागू गर्न लागेको जानकारी दिएको छ । मोबाइलमा फोन गरेर बाढीप्रभावित क्षेत्रका जनतालाई जानकारी गराउने प्रविधि नेपालमा पहिलोपटक लागू गर्न लागिएको विभागले जनाएको छ । यसअघि विभागले ‘एसएमएस’मार्फत बाढीको पूर्वजानकारी गराउँदै आएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका प्रमुख विनोद पराजुलीले भन्नुभयो, ‘नेपालमा पहिलोपटक लागू गर्न लागिएको यस प्रणालीको सम्पूर्ण तयारी पूरा भइसकेको छ । अर्को हप्ताबाट यो प्रणाली कार्यान्वयनमा आउनेछ । नेपाल टेलिकमको सहयोगमा यो प्रणाली लागू गर्न लागिएको हो ।’ बाढी आउने खतरा देखिएका क्षेत्रका जनतालाई यसअघि एसएमएसमार्पmत सन्देश प्रवाह गर्दै आएकोमा अबदेखि फोन कलमार्फत नै बाढीको पूर्वसूचना दिने तयारी गरिएको उहाँले बताउनुभयो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह