विदुर । पूर्वाधार विकास कार्यालय नुवाकोटले जिल्लामा एक वर्षको अवधिमा २१ किलोमिटर सडक कालोपत्रे गरेको छ ।
आर्थिक वर्ष २०८१/०८२ मा २५.३९ किलोमिटर कालोपत्रे गर्ने लक्ष्य राखिएकोमा २१.०९ किलोमिटर सडक कालोपत्रे निर्माण पूरा भएको कार्यालयले जानकारी दिएको छ । गत वर्ष २१.०९ नौ किलोमिटर सडक कालोपत्रेका साथै ढलानस्तरमा सडक स्तरोन्नति ८.१७ किलोमिटर, ग्राभेलस्तरमा सडक स्तरोन्नति १०.७६ किलोमिटर र नयाँ ट्रयाक २७.१७ किलोमिटर निर्माण सम्पन्न भएको सूचना अधिकारी रोश पाठकले जानकारी दिनुभयो । त्यस्तै, गत आवमा सडकको पुल तीन, कल्र्भट-१ को निर्माण सम्पन्न भएको छ । कार्यालयको गत आव २०८१/०८२ मा एक सय ५९ योजना रहेकामा एक सय ३४ सम्पन्न भएको छ ।
प्रतिक्रिया