धुन्चे । ‘मिस नेपाल २०२५’ को शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजना भएको अन्तिम प्रतिस्पर्धामा अन्य २३ प्रतिस्पर्धीलाई पछि पार्दै रसुवाको २६ वर्षीया लुना लुइँटेल विजेताको उपाधि हात पारेकी हुन् । उनलाई पूर्वमिस नेपाल आस्माकुमारी केसीले ताज लगाइदिएकी थिइन् ।
सो प्रतिस्पर्धामा रसुवा जिल्ला, गोसाइँकुण्ड-६ धुन्चेमा जन्मिएकी सोनी घले ‘मिस नेपाल अर्थ २०२५’ ताजसहित तेस्रो उपविजेता बनेकी छिन् । प्रतियोगितामा दीपशिखा नेपाल ‘मिस नेपाल कस्मो’ को ताजसहित पहिलो उपविजेता, उरूषा भण्डारी ‘मिस नेपाल इन्टरनेशनल’ को ताजसहित दोस्रो उपविजेता र सोनी ‘मिस नेपाल अर्थ २०२५’ ताजसहित तेस्रो उपविजेता हुनुभएको छ । ‘द हिडन ट्रेजर’ ले आयोजना गरेको सौन्दर्य प्रतियोगितामा नेपालभर विभिन्न सहरमा आयोजना गरिएका ‘अडिसन’ मार्फत २६ जना प्रतिस्पर्धी चयन भएका थिए ।
रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले रसुवाली चेली धुन्चेमा जन्मेकी सोनीको यस उपलब्धीले रसुवाको नाम देशव्यापी रूपमा उजागर गरेकोमा उनलाई हृदयदेखि नै सम्मान व्यक्त गर्नुभएको छ ।
प्रतिक्रिया