+
Search

ताजा अपडेट +

पपुलर +

‘पश्चिम १ नं.’ का ४४ गुम्बामध्ये एकको पुनर्निर्माण, २० निर्माणाधीन

‘पश्चिम १ नं.’ का ४४ गुम्बामध्ये एकको पुनर्निर्माण, २० निर्माणाधीन
त्रिशूली प्रवाह
४ महिना अगाडी

विदुर । भूकम्प गएको एक दशक पूरा हुँदासमेत नुवाकोट, रसुवा र धादिङमा गुम्बा पुनर्निर्माणले पूर्णता पाएको छैन । वि.सं. २०७२ वैशाख १२ गते गएको भूकम्प र त्यसपछिका परकम्पका कारण तीन जिल्लाबाट बौद्ध धर्मावलम्बीका ४४ गुम्बा भत्किए पनि १० वर्षमा एकको निर्माण सम्पन्न भएको छ भने २० वटा निर्माणको चरणमा रहेका छन् ।

पुरातत्त्व विभागले दिएको जानकारीअनुसार नुवाकोटमा २१, रसुवामा १४ र धादिङमा नौवटा गुम्बा भूकम्पमा भत्किएका थिए । भत्किएका गुम्बामध्ये नुवाकोटको एक गुम्बाको निर्माण सम्पन्न, नौको पुनर्निर्माण जारी, रसुवाको सात र धादिङको चारको पनि पुनर्निर्माण चलिरहेको छ । गुम्बा भत्किएपछि गुम्बा व्यवस्थापन समितिमार्फत पुनर्निर्माण प्राधिकरणबाट गर्ने भनी सरकारले जिम्मेवारी दिएको थियो । प्राधिकरण, घर, स्कुल, दरबार, मन्दिरलगायतका ऐतिहासिक संरचना पुनर्निर्माणमा प्राधिकरणले ध्यान दिएर काम गर्दागर्दै म्याद सकियो । प्राधिकरण विगठन भएपछि वि.सं. २०७४ असोज ४ गते नुवाकोटसहित १२ जिल्लामा निर्माण सम्पन्न भएको पाँचवटा गुम्बा र पुनर्निर्माण गर्नुपर्ने गुम्बाको सूची हस्तान्तरण भएको विभागका महानिर्देशन सौभाग्य प्रधानाङ्गले बताउनुभयो । आफूलाई ढिला गरी गुम्बा पुनर्निर्माण गर्ने जिम्मेवारी दिएकाले कम गुम्बा बनेको उहाँले दाबी गर्नुभयो । विभागलाई पुनर्निर्माण गर्ने जिम्मा पाएपछि गुम्बा बनाउने काम जारी रहेको उहाँले बताउनुभयो । भूकम्पले १२ जिल्लाका दुई सय १५ गुम्बा भत्किएको विभागले जानकारी दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह