+
Search

ताजा अपडेट +

पपुलर +

एमाले विधान महाधिवेशनमा नुवाकोटबाट २० सहभागी

एमाले विधान महाधिवेशनमा नुवाकोटबाट २० सहभागी
त्रिशूली प्रवाह
१ साल अगाडी

विदुर । नेकपा (एमाले) को शुक्रबारदेखि सुरु हुने विधान महाधिवेशनमा नुवाकोट जिल्लाबाट २० प्रतिनिधि सहभागी हुनेछन् । सात महिला, एक दलित र एक मनोनीतसहित २० प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन् ।

Satkar Machinery Center
Utsuk Books & Stationery

शुक्रबारदेखि सुरु हुने विधान महाधिवेशनमा केन्द्रीय सदस्य केशवराज पाण्डे बेलकोटगढी, विन्दा ढुंगाना सूर्यगढी र उषाकिरण तिमल्सिना तारकेश्वर तथा जिल्ला अध्यक्ष बद्रीप्रसाद मैनाली सूर्यगढीबाट प्रतिनिधि रहने एमाले नुवाकोटका उपसचिव राजेन्द्र पाण्डेले जानकारी दिनुभयो । त्यसैगरी काजीराज अधिकारी ककनी, पूर्णलाल श्रेष्ठ, शर्मिला थपलिया, केशवबहादुर विक लिखु, जितबहादुर घले सूर्यगढी, मंगलमाया प्रजापति शिवपुरी, नारायणप्रसाद खतिवडा तारकेश्वर, रामशरण प्याकुरेल, बुद्धिबहादुर प्रधान, गणेशकुमार श्रेष्ठ, ठाकुरप्रसाद गजुरेल, अजितमान तामाङ, गीता दाहाल र सावित्री प्याकुरेल विदुर, मैन्चुङ लामा तामाङ र आशामाया तामाङ (मनोनीत) किस्पाङ विधान महाधिवेशन प्रतिनिधि हुनुहुनेछ ।

Suzuki New Bike & Scooter

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह