+
Search

ताजा अपडेट +

पपुलर +

पहिरोले एक विद्यालय र तीन घरमा क्षति, पाँच घर जोखिममा

पहिरोले एक विद्यालय र तीन घरमा क्षति, पाँच घर जोखिममा
????????????????????????????????????????????????????????
त्रिशूली प्रवाह
७ महिना अगाडी

समुन्द्रटार । लगातारको वर्षाका कारण नुवाकोटको दुप्चेश्वर-३, सरमथलीमा पहिरोले एक विद्यालयसहित तीन घरमा क्षति पुगेको छ । पाँच घर उच्च जोखिममा छन् ।

आइतबार रातिदेखि बगेको पहिरोले सरमथली-हुङ सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ । पहिरोले सरमथलीस्थित भगवान आधारभूत विद्यालयको चारवटा कोठामा क्षति पुर्याएको छ । त्यसैगरी स्थानीय गोकर्ण थापा, कुमार थापा र निर्मलजंग थापाको घरमा क्षति पुर्याएको वडा नम्बर ३ का वडाध्यक्ष ध्रुवकर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार क्षति भएका घरका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरणको प्रयास थालिएको छ । बाँकी जोखिममा रहेका घरधुरीलाई पनि उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । पहिरोले सडक बगाएकाले सवारीसाधन सञ्चालन हुन नसकेको र पैदलयात्रु आउँजाउँ गर्नसमेत कठिनाइ भएको छ । नेपाली काङ्ग्रेसका नेता अर्जुननरसिंह केसीले पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्दै जोखिममा रहेकालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न र उनीहरूको गाँस-बासको व्यवस्था गर्न सरकारसँग पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह