छहरे । ज्योतिकुन्ज एकेडेमी, लिखु-६, नुवाकोटका विद्यार्थी सम्भव पाण्डेले उल्लेखनीय सफलता हासिल गरेका छन् । सोही स्कुलबाट यसै वर्ष एसइई उत्तीर्ण भएका पाण्डेले यस वर्षको जुनियर विज्ञान ओलम्पियाडमा नेपालभरी नै प्रथम स्थान हासिल गर्दै अन्तर्राष्ट्रियस्तरमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेका छन् । महेश्वर पाण्डे र सम्झना पाण्डेको सुपुत्र (छोरा) सम्भवले गत माघमा जिल्ला, फागुनमा प्रदेशमा र जेठमा केन्द्रमा भएको प्रतियोगितामा प्रथम भएका थिए ।
नेपालकै उत्कृष्ट बन्दै अब पाण्डे अन्तर्राष्ट्रिय जुनियर विज्ञान ओलम्पियाडमा सहभागी हुन रूस प्रस्थान गर्ने तयारीमा रहेका छन् । विद्यालयका प्रधानाध्यापक रवीन्द्र डङ्गोलले सम्भवको सफलताप्रति खुशी व्यक्त गर्दै भन्नुभयो, “सम्भव हाम्रो विद्यालय मात्र नभई नुवाकोट र देशकै गौरव हुन् । शिक्षा क्षेत्रमा निरन्तर उत्कृष्टता देखाउँदै आएका पाण्डेले यो उपलब्धीलाई आफ्नो मेहनत, परिवारको समर्थन र विद्यालयको मार्गदर्शनको फल भनेका छन् । विद्यालय समुदाय र स्थानीयवासीले यो सफलतालाई गौरवको विषय मान्दै उहाँलाई बधाई तथा आगामी प्रतिस्पर्धामा सफलता प्राप्त गर्न शुभकामना व्यक्त गरेका छन् ।
प्रतिक्रिया