रसुवा कारागारबाट फरार ९८ जना कैदीमध्ये ६३ जना सुरक्षाकर्मीको नियन्त्रणमा

रसुवा कारागारबाट फरार ९८ जना कैदीमध्ये ६३ जना सुरक्षाकर्मीको नियन्त्रणमा
सरस्वति न्यौपाने
३ हप्ता अगाडी

रसुवा । बुधबार बिहान रसुवा कारागारबाट फरार ९८ जना कैदीमध्ये ६३ जनालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिई कारागार पठाए भने बाँकी फरार ३५ जनाको खोजीकार्य तीव्र बनाइएको छ ।
नेपाली सेना श्रीनाथ गण धुन्चेका अनुसार बारम्बार सुरक्षाकर्मीले कैदीहरूलाई शान्त पार्ने प्रयास गर्दागर्दै पनि उनीहरूले तोडफोड गर्न थालेपछि परिस्थिति नियन्त्रणमा लिन हवाई फायर गर्नुपर्ने परिस्थिति उत्पन्न नगरिएको बताइएको छ ।
उक्त परिस्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गर्दा कारागारनजिकै बसोबास गर्ने स्थानीय कैदीसमेतको जिउज्यानको खतरा हुने भएकाले नगरिएको बताइएको छ । थप फरार ३५ जना कैदीको व्यापक खोजी भइरहेको सेनाले जनाएको छ ।
सेनाले नागरिकहरूलाई कुनै पनि नौलो व्यक्तिद्वारा आपराधिक गतिविधि गरिएको देखापरेमा तुरुन्तै ९७६७२३०२८३, ०१०५४०२७० मा फोन गर्न र शान्तिसुरक्षा तथा सहकार्यका लागि सबैै नागरिकलाई आग्रह गरेको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

सरस्वति न्यौपाने