+
Search

ताजा अपडेट +

पपुलर +

नेपालबाट ठुलो परिमाणमा अमेरिकालगायतका मुलुकमा तयारी पोसाक निर्यात गर्दै

भद्रुटारका पाण्डे तयारी पोसाक उद्योग सङ्घको अध्यक्षमा पुनः निर्वाचित

भद्रुटारका पाण्डे तयारी पोसाक उद्योग सङ्घको अध्यक्षमा पुनः निर्वाचित
रमेश सिलवाल
१० महिना अगाडी

काठमाडौँ । नेपाल तयारी पोसाक उद्योग सङ्घको अध्यक्षमा पशुपतिदेव पाण्डे निर्विरोध निर्वाचित भएका छन् । नुवाकोट पञ्चकन्या गाउँपालिका भद्रुटारका पाण्डे प्योर क्लोथिङका सञ्चालक हुनुहुन्छ । उहाँको नेतृत्वमा आगामी दुई वर्षका लागि तयारी पोसाक उद्योग सङ्घको नयाँ कार्यसमिति चयन भएको हो । अघिल्लो शनिबार भएको सङ्घको २८औँ वार्षिक साधारणसभाले उहाँलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको हो ।

Utsuk Books & Stationery

नेपाल उद्योग वाणिज्य महासङ्घको कार्यकारिणी समिति सदस्यसमेत रहनुभएका पाण्डे यसअघि पनि सङ्घको अध्यक्ष रहेका हुनुहुन्थ्यो । नेपालबाट ठुलो परिमाणमा अमेरिकालगायतका मुलुकमा तयारी पोसाक निर्यात गर्दै आउनुभएका सफल युवा उद्यमी पाण्डेलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरिएको हो । उहाँ तयारी पोसाकबाहेक हस्पिटालिटीलगायत थुप्रै व्यापार–व्यवसायमा संलग्न हुनुहुन्छ । सङ्घको निवर्तमान अध्यक्षमा चण्डीप्रसाद अर्याल, प्रथम उपाध्यक्षमा वसन्तराज अधिकारी (हिमालयन कटन फेसन एन्ड इन्टरनेसनल प्रालि) र उपाध्यक्षमा भूपेन्द्रकुमार बस्नेत (विद्या एप्परेल्स प्रालि) निर्विरोध निर्वाचित हुनुभएको छ । त्यस्तै, महासचिवमा भीमकुमार गिरी (ब्ल्याक फेसन इ. प्रालि), सहसचिवमा थोमनाथ बस्याल (युनाइटेड फेसन निटिङ इ.प्रालि) चयन हुनुभएको छ भने कोषाध्यक्षमा सञ्जयकुमार अग्रवाल (हेरिटेज फेसन) निर्वाचित हुनुभएको छ । साथै, कार्यसमिति सदस्यमा क्रमशः कृष्णप्रसाद पाण्डे (ट्रान्सट्रिप गार्मेन्ट इ. प्रालि), सुरेशमान श्रेष्ठ (जम्फा निटिङ इन्डस्ट्रिज), हिराकाजी मुक्तान (लोगो फेसन इ. प्रालि), सतिश गिरी (अनुजित एपरेल्स), सचिन्द्र प्रधानाङ्ग (हिमालयन निट वेयर) र रमेशकुमार कर्ण निर्वाचित हुनुभएको छ । त्यस्तै, आमन्त्रित सदस्यमा सन्दीप पौडेल चयन हुनुभएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

रमेश सिलवाल