+
Search

ताजा अपडेट +

पपुलर +

शिवम् सिमेन्टको ‘नो कम्प्रमाइज’अन्तर्गतको तेस्रो भिडियो सार्वजनिक

शिवम् सिमेन्टको ‘नो कम्प्रमाइज’अन्तर्गतको तेस्रो भिडियो सार्वजनिक
त्रिशूली प्रवाह
१ साल अगाडी

काठमाडौँ । शिवम् सिमेन्टले आफ्नो चर्चित ब्रान्ड क्याम्पेन ‘क्वालिटीको मामलामा नो कम्प्रमाइज’अन्तर्गतको तेस्रो भिडियो सार्वजनिक गरेको छ । यस क्याम्पेनमा कम्पनीले जीवनमा हुने एक–एक सेकेन्ड समयको महत्त्वलाई दर्साउन दुई साथीबिच एकजना समयमै आफ्नो यात्राका लागि एयरपोर्ट पुगिसकेको र अर्को एकजना आफ्नो जहाज उडान समय डिले हुने भन्दै निर्धारित समयसम्म घरै बसेको, तर जहाज समयमै उड्न लागेको कुरालाई समयसँग जोडेर ‘समयको मामलामा नो कम्प्रमाइज’ भन्ने सन्देश देखाइएको छ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

यसअघि क्याम्पेनको पहिलो चरणमा एक कर्तव्यनिष्ठ ट्राफिक प्रहरीको जीवनमार्फत ‘कर्तव्यको मामलामा नो कम्प्रमाइज’ भन्ने सशक्त सामाजिक सन्देशमूलक प्रचार भिडियो सामग्री प्रस्तुत गरिएको थियो । त्यस्तै, दोस्रो भिडियोमा घरबेटी र भाडावालबिचको सम्झौतामा आधारित कथामार्फत ‘सर्तकताको मामलामा नो कम्प्रमाइज’ भन्ने सन्देश दिन खोजेको छ । उक्त सामाजिक सन्देशमूलक विज्ञापन दर्शकले अत्यधिक रुचाएका थिए । यो अभियान केवल विज्ञापन मात्र नभएर समाजप्रतिको उत्तरदायित्व र जनचेतना अभिवृद्धिमा केन्द्रित छ । ‘नो कम्प्रमाइज भन्न जति सजिलो छ त्यति नै व्यवहारमा पूरा गर्न गाह्रो छ, तर जसले पूरा गर्छ, उसको शिर सधैँ ठाडो हुन्छ’ भन्ने सन्देशमार्फत शिवम् सिमेन्टले आफ्नो गुणस्तरमा कहिल्यै सम्झौता नगर्ने नीति झनै मजबुत रूपमा प्रस्तुत गरेको छ ।

Suzuki New Bike & Scooter

शिवम् सिमेन्टले स्थापना कालदेखि नै केवल ओपिसी सिमेन्ट उत्पादन तथा बिक्री गर्दै आएको छ । कम्पनीले सधैँ गुणस्तर, भरोसा र दीर्घकालीन सम्बन्धमा विश्वास गर्दै आएको छ र जस्तोसुकै परिस्थितिमा पनि आफ्नो ‘नो कम्प्रमाइज’को वाचा पूरा गर्दै निरन्तर गुणस्तरीय सिमेन्ट उत्पादन तथा बिक्री-वितरण गर्दै आइरहेको छ । ‘गुणस्तरको पहिचान हो शिवम्’, ‘भरोसा अटुट सम्बन्धको’, ‘कर्तव्यको मामलामा नो कम्प्रमाइज’जस्ता नाराले शिवम् ब्रान्डको मूल सिद्धान्तलाई दर्साउँछ । यसै प्रतिबद्धताको सम्मानस्वरूप शिवम् सिमेन्ट नेपालकै पहिलो सिमेन्ट कम्पनी बन्न सफल भएको छ जसले उत्कृष्ट गुणस्तरमा आधारित राष्ट्रिय पुरस्कार ‘एनएस गुणस्तर पुरस्कार २०१९’समेत प्राप्त गरिसकेको छ ।

भुतपूर्व सैनिक सम्मेलन-२०८३ सम्बन्धी सूचना

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह