रामबाबु–ज्ञानु समाजसेवी पुरस्कार

देवीघाट ज्येष्ठ नागरिक संरक्षण प्रतिष्ठानलाई

रामबाबु–ज्ञानु समाजसेवी पुरस्कार
त्रिशूली प्रवाह
३ हप्ता अगाडी

काठमाडौँ । रामबाबु-ज्ञानु सामाजिक सेवा पुरस्कार कोषले यही भदौ २१ गते रामबाबु–ज्ञानु समाजसेवी पुरस्कार २०८२, देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठान नुवाकोटका अध्यक्षसहित पाँच समाजसेवीलाई सम्मान र पुरस्कृत गरेको छ ।

विसं २०७१ देखि समाजसेवीलाई सम्मान गर्दै आएको कोषले एघारौँ पुरस्कार तथा सम्मान समारोहमा प्रतिष्ठानका अध्यक्ष विष्णु नेपालसहित पाँच समाजसेवीलाई सम्मान र पुरस्कृत साथै एक शोधकर्तालाई सम्मान गरेको थियो । यस वर्ष रू.दुई लाखको रामबाबु-ज्ञानु सामाजिक सेवा पुरस्कार मानवकल्याण समाज (सेवा घर), झौखेल, चाँगुनारायण नगरपालिका, भक्तपुरलाई प्रदान गरिनाका साथै यसका सम्मानपत्र संस्थापक अध्यक्ष सुमित्रा चौलागाइँ (सुमी मानव) लाई सम्मानपत्र अर्पण गरेको छ । विसं २०७५ मा स्थापित संस्थाले बेसहारा, वृद्ध र अनाथ बालबालिकालाई आश्रय, (नाना, खाना र छाना) उपलब्ध गराउनुका साथै शिक्षाको व्यवस्था मिलाएको छ । स्थापनाको सात वर्षमा यसले थप पाँच ठाउँ पनौती, धुलिखेल, पशुपति, निजगढ र दाङमा शाखा बिस्तार गरी हाल तीन सय ५० जनालाई आश्रय प्रदान गरिरहेको छ ।

यसैगरी जनही रू.एक लाख नगदसहित सम्मानपत्र रहने रामबाबु-ज्ञानु समाजसेवी पुरस्कार चार सामाजिक संस्था अनाथ असहाय बाल सुधार समाज, डाँडागाउँ, बुढानीलकण्ठ र यसका अध्यक्ष रमेशदेव सुनार देविघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठान, विदुर नगरपालिका-५, नुवाकोट र यसका अध्यक्ष विष्णुप्रसाद नेपाल, गामबेसीको चेपाङ संरक्षण केन्द्र, मङ्गलपुर, रत्ननगरपालिका, चितवन र यसका अध्यक्ष केपी किरण शर्मा, तुलसी फाउण्डेशन, नख्खुडोल भैंसेपाटी, ललितपुर-२५ र अध्यक्ष सीता (सरू) सुवेदीलाई प्रदान गरिएको थियो । सो अवसरमा “शिक्षा तथा सीप विकासको अवसर प्रदान गर्नमा सामाजिक संस्थाको योगदान” का शोधकर्ता गेहनाथ गौतमलाई सम्मानपत्रका साथै तुलसी फाउन्डेसनको आयमूलक कार्यक्रमलाई हेल्थ असिस्टेन्ट २०३५ समूहलाई रू.एक लाख ५० हजारको सहयोग पनि प्रदान गरिएको थियो । कोषका उपाध्यक्ष दिवाकर पौडेल यी संस्थाको छनौट पाँच सदस्यीय प्रतिभा छनौट समितिले निश्चित मापदण्डको आधारमा छनौट गरी कोषको प्रबन्ध समिति समक्ष सिफारिस गर्ने र त्यसउपर समीक्षा गरी उपयुक्त देखिएमा अनुमोदनका लागि साधारण सभामा पेश गर्ने र सो सभाको अनुमोदन पश्चात् सार्वजनिक गरिन्छ । यो एघारौं पुरस्कार तथा सम्मान अर्पण समारोह कोषका अध्यक्ष धुव्र नेपालको सभापतित्वमा त्रिभुवन विश्व विद्यालयका पूर्व उपकुलपति, पूर्व राजदूत तथा शिक्षविद् केदारभक्त माथेमाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कोषले नगद पुरस्कार संस्थालाई, सम्मानपत्र अध्यक्षलाई दिंदै आइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह