काठमाडौँ । गृह मन्त्रालयले ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाउनेको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन हिजो बुधबार सार्वजनिक बिदा दिएको छ ।
मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले मंगलबार विज्ञप्ति जारी गरी मन्त्रिपरिषद्को यही भदौ ३० गतेको निर्णयानुसार असोज १ गते सार्वजनिक बिदा घोषणा गरिएको जानकारी दिनुभयो । जारी विज्ञप्तीमा भनिएको छ, ‘भदौ २३ र २४ गते जेनजी पुस्ताद्वारा भएको प्रदर्शनका क्रममा ज्यान गुमाउने मृतकको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन असोज १ गते, बुधबार नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दुताबास र नियोगमा सार्वजनिक विदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने नेपाल सरकार (मन्त्रिपरिषद्) बाट निर्णय भएको बेहोरा सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’
प्रतिक्रिया