+
Search

ताजा अपडेट +

पपुलर +

सुजिम बजारको नि:शुल्क होम डेलिभरी सुविधा

सुजिम बजारको नि:शुल्क होम डेलिभरी सुविधा
त्रिशूली प्रवाह
६ दिन अगाडी

३१ असोज, नुवाकोट । सुजिम बजारले ग्राहकको सुविधालाई प्राथमिकता दिँदै अब नि:शुल्क होम डेलिभरी सेवा औपचारिक रूपमा सुरु गरेको छ।

केही महिनादेखि परीक्षण अवस्थामा रहेको यो सेवा अब विदुर नगरपालिकाका २६ वटा शहरी क्षेत्रमा विस्तार गरिएको कम्पनीले जानकारी दिएको छ।

सस्तो मूल्यमा छिटो डेलिभरी” भन्ने नारासहित सुरु गरिएको यो सेवा हालका लागि देवीघाट, बट्टार, गेर्खु, राईसिङ लगायतका स्थानमा उपलब्ध छ।

कम्पनीका अनुसार, रु. ९९९ वा सोभन्दा बढीको खरिद गर्ने ग्राहकहरूले आफ्नो सामान घर, कार्यालय वा व्यवसायिक ठेगानामा निःशुल्क रूपमा प्राप्त गर्न सक्नेछन्।

सुजिम बजारका प्रतिनिधिहरूका अनुसार, यस सुविधाबाट स्थानीय बासिन्दाले समय र श्रम दुबै बचत गर्दै सजिलै आवश्यक वस्तुहरू आफ्नो ढोका सामु पाउने अवसर पाउनेछन्।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह