+
Search

ताजा अपडेट +

पपुलर +

विद्यालयस्तरीय देउसीभैलो प्रतियोगिता

विद्यालयस्तरीय देउसीभैलो प्रतियोगिता
त्रिशूली प्रवाह
४ महिना अगाडी

धुन्चे । नेपाली परम्परा, संस्कार र संस्कृति जोगाउने उद्देश्यले रसुवा जिल्ला, उत्तरगया-५ बोगटीटारस्थित नीलकण्ठ माध्यमिक विद्यालयले जिल्लामा नै पहिलो पटक विद्यालयस्तरीय देउसीभैलो प्रतियोगिता गत असोज ३१ गते सम्पन्न गरेको छ ।

विद्यालयले कक्षा २ देखि १२ सम्मका विद्यार्थी सहभागी गराएर परम्परागत शैलीमा देउसीभैलो प्रस्तुत गराएको थियो । देउसीभैलोमा सहभागीले नाङ्लामा दियो बालेर सेलरोटी जस्ता दान, दक्षिणा दिने परम्परा प्रदर्शन गरेका थिए । विद्यार्थीका पहलमा भएको उक्त प्रतियोगितामा कक्षा ११ प्रथम, कक्षा ८ दोस्रो र कक्षा ७ तेस्रो भएका छन् । उनीहरूलाई क्रमशः रू.एक हजार पाँच सय, रू.एक हजार र रू.पाँचसय नगद पुरस्कार तथा दानदक्षिणा प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक माधव लामिछानेले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह