+
Search

ताजा अपडेट +

पपुलर +

अर्थतन्त्रमा अधिक तरलताका कारण र प्रभाव

अर्थतन्त्रमा अधिक तरलताका कारण र प्रभाव
राजनप्रसाद प्याकुरेल
१ हप्ता अगाडी

नेपालको बित्तीय प्रणालीमा हालैका महिनामा तरलताको हालसम्मकै अधिकतम देखिएको छ । बैंक तथा बित्तीय संस्था (बीएफआई) मा अत्याधिक निक्षेप थुप्रिएका छन् भने कर्जा प्रवाह अत्यन्तै सुस्त छ । नेपाल राष्ट्र बैंकले यसलाई नियन्त्रण गर्न विभिन्न उपकरण प्रयोग गर्दै आएको छ, जसमा निक्षेप सङ्कलन बोलकबोल र स्थायी निक्षेप सुविधा समावेश छन् । यो अवस्थाले बजार ब्याजदरमा स्थिरता ल्याउन सक्छ तर उत्पादक क्षेत्रमा लगानी प्रवाहित नभएको विषयमा चिन्ता पनि बढाएको छ ।

तरलताको अधिकताको परिदृश्य : आँकडाले के भन्छ त : विसं २०८२ असोज मसान्तसम्मको तथ्याङ्कअनुसार बीएफआईमा कूल निक्षेप १२ दशमलव पाँच प्रतिशतले बढेर सात दशमलव दुई खर्ब रूपैयाँ पुगेको छ, जसमा बचत र कल निक्षेपको हिस्सा बढी छ । तर, कर्जावृद्धि भने आठ प्रतिशतमा सिमित छ । एनआरबीले पहिलो महिनामै सात दशमलव आठ सय ३३ खर्ब रूपैयाँ तरलता बजारबाट तान्न सफल भएको छ, जसमध्ये पाँच सय ९० दशमलव ५५ अर्ब निक्षेप सङ्कलन बोलकबोलबाट र सात दशमलव दुई सय ४२ खर्ब एसडिएफ मार्फत खिचिएकोे हो ।

आर्थिक वर्ष २०८१/०८२ को ११ महिनामा पनि एनआरबीले दुई दशमलव १३ खर्ब तरलता आफूतर्फ खिचेको थियो, जसले कर्जा प्रवाहको कमजोरीलाई प्रतिबिम्वित गर्छ । यो व्यापक तरलताले बैंक ब्याजदर घटाएको छ । हाल बैंकहरूले नयाँ कर्जामा आठ दशमलव ९८ प्रतिशत भन्दा कम ब्याजमा लगानी गरिरहेका छन्। यसले अर्थतन्त्रको सुस्तताको सङ्केत दिन्छ । यसरी किन थुप्रियो तरलता ? एनआरबीको तथ्याङ्क र विशेषज्ञ विश्लेषणका आधारमा मुख्य कारणमा बाह्य र आन्तरिक कारण जिम्मेवार रहेको देखिन्छ :

१. विप्रेषण र विदेशी विनिमय सञ्चितिको वृद्धि : नेपालको अर्थतन्त्र विप्रेषणमा निर्भर छ (जीडीपीको २५ प्रतिशत भन्दा बढी) । गत वर्ष विप्रेषण १९ दशमलव दुई प्रतिशतले बढेर १७ खर्ब २३ अर्ब रूपैयाँ भित्रिएको छ, जसले चालु खाता चार खर्ब नौ अर्ब बचतमा पुर्याएको छ । यसले एनआरबीको विदेशी विनिमय सञ्चिति २६७७ अर्ब रुपैयाँ पुगेको छ, जुन १५ दशमलव चार महिनाको आयात धान्न सक्छ । यो सञ्चितिबाट डलर खरिद गर्दा (पहिलो तीन महिनामा एक दशमलव ४७ अर्ब डलर) एक सय ९६ दशमलव ७९ अर्ब रूपैयाँ तरलता इन्जेक्सन भएको छ । जस्तो कि विसं २०८२ श्रावणमा मात्र तीन सय ५२ अर्ब विप्रेषण भित्रियो, जुन ३३ दशमलव एक प्रतिशतले बढी होे । यसले बैंकमा निक्षेप बढायो तर लगानी हुन नसकी बैंकमा थुप्रियो ।

२. कर्जा मागको कमी र आर्थिक सुस्तता : बीएफआईमा ऋण माग घटेको छ किनकि व्यवसायमा लगानीको अनिश्चितता छ । एनआरबीको २०८१/०८२ प्रतिवेदनअनुसार निजी क्षेत्रको कर्जा आठ प्रतिशतले बढेको छ भने निक्षेप आठ प्रतिशतले । यो असन्तुलनले तरलता बढाएको प्रष्ट हुन्छ । कोभिडपछि र बाढीपहिरोका कारण व्यवसाय लगानीमा सतर्क छन् । जस्तो कि माघ २०८१ मा एनआरबीले रू.२० अर्ब बजारबाट आफूतर्फ तानेको थियो किनकि कर्जा माग घटेर बैंकमा सात सय अर्ब निष्क्रिय तरलता थियो । वास्तविक सम्पत्ति, सवारी र सेयर बजारमा लगानी घट्दा यो समस्या अझ बढ्न पुग्यो ।

३. मौद्रिक नीतिको विस्तारवादी दृष्टिकोण : आव.२०८२/०८३ को मौद्रिक नीति लचिलो र विस्तारवादी छ, जसले ब्याजदर घटाएको छ र कर्जा सीमा बढाएको छ (घरेलु कर्जा ३० मिलियनसम्म) । यसले तरलता बढायो तर कर्जा प्रवाह भने निकै सुस्त छ । जसले पनि बैंकहरूमा व्यापक तरलता बढायो । जस्तो कि राष्ट्र बैंकक नीति जारी भएपछि अन्तरबैंक ब्याजदर एक प्रतिशत भन्दा तल झर्यो, जसले बैंकलाई तरलता खिच्न एसडिएफ प्रयोग गर्न बाध्य बनायो ।

४. बाह्य कारक : तेल मूल्य घट्नु र पर्यटन वृद्धि पनि तरलता बृद्धिको अकों कारण हो । अन्तर्राष्ट्रिय तेल मूल्य घटेर ७१ दशमलव २९ डलर प्रति ब्यारेल पुग्दा आयात खर्च घट्यो, जसले विदेशी मुद्रा बचत वृद्धि हुन गयो । त्यस्तै पर्यटन वृद्धिसँगै करिव ८८ दशमलव ६६ अर्ब आम्दानी वृद्धि हुन गयो । जस्तो कि आव.२०८१/०८२ मा पर्यटक ११ दशमलव ४६ लाख पुग्दा ११ दशालव ४६ मिलियन आगमन भयो, जसले थप तरलता भित्र्यायो । अधिकताका प्रभावः अवसर र जोखिमयो अवस्थाले ब्याजदर घटाएर उपभोक्तालाई फाइदा पुर्याउँछ तर उत्पादक क्षेत्रमा लगानी नपुगेकोले आर्थिक वृद्धि (चार दशमलव नौ प्रतिशत प्रक्षेपित) मा समेत बाधा पुग्छ । लामो समयसम्म रहँदा मुद्रास्फ्रीति बढ्न सक्छ ।

समाधानका उपाय
नीतिगत सुझाव उत्पादक लगानी बढाउन : पूर्वाधार र कृषिमा लक्षित कर्जा प्रोत्साहन । उदाहरणको लागि एनआरबीले तीन प्रतिशत सब्सिडी पुनरूत्थान गर्न सक्छ ।
नियमनात्मक सुधार : स्ट्याट्युटरी लिक्विडिटी रेसियो घटाउने (१२ प्रतिशतबाट) र एफडिआई आकर्षित गर्ने ।
वित्तीय-मौद्रिक समन्वय : सरकारले लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ ।

सन्तुलनको खाँचो तरलताको अधिकता नेपालको अर्थतन्त्रको सकारात्मक पक्ष हो तर यसलाई उत्पादकतामा परिणत गर्न नीतिगत सक्रियता चाहिन्छ । नेराबैँकका गभर्नर डा विश्वनाथ पौडेलले भनेका छन्, “कम मुद्राास्फ्रीति र आरामदायी सञ्चितीका बीच लचिलो नीति आवश्यक छ ।’’

विदुर-१०, नुवाकोट

प्रतिक्रिया

लेखकको बारेमा

राजनप्रसाद प्याकुरेल