काठमाडौँ । नेपाली सिमेन्ट उद्योगमा अग्रणी स्थान बनाइसकेको शिवम् सिमेन्टले आफ्नो प्रचार अभियानको चौथो भिडियो सार्वजनिक गरेको छ । कम्पनीले चर्चित ब्रान्ड क्याम्पेन ‘क्वालिटीको मामलामा नो कम्प्रमाइज’अन्तर्गतको चौथो भिडियो सार्वजनिक गरेको हो ।
यस अभियानमा एकजना डाक्टरले आफ्नो पारिवारिक भ्रमणमा निस्कनै लाग्दा आकस्मिक आएको बिरामीलाई अप्रेसन गरी आफ्नो जिम्मेवारीलाई पूरा गरेको देखाउँदै ‘जिम्मेवारीको मामलामा नो कम्प्रमाइज’ भन्ने सन्देश देखाइएको छ । यसअघि क्याम्पेनको पहिलो चरणमा एक कर्तव्यनिष्ठ ट्राफिक प्रहरीको जीवनमार्फत ‘कर्तव्यको मामलामा नो कम्प्रमाइज’ भन्ने सशक्त सामाजिक सन्देशमूलक प्रचार भिडियो सामग्री प्रस्तुत गरिएको थियो । यो भिडियोले समाजमा कर्तव्यबोध र उत्तरदायित्वप्रतिको चेतना फैलाउने उद्देश्य राखेको थियो । त्यस्तै, दोस्रो भिडियोमा घरबेटी र भाडावालबिचको सम्झौतामा आधारित कथामार्फत ‘सर्तकताको मामलामा नो कम्प्रमाइज’ भन्ने सन्देश दिन खोजिएको छ । यो भिडियोले विश्वासपात्रबाट हुन सक्ने धोका, छलकपटबारे सचेत गराउँदै, सामान्य जीवनका निर्णयमा पनि विवेक र सतर्कता आवश्यक हुन्छ भन्ने कुरामा जोड दिएको थियो भने तेस्रो भिडियोमा मानिसको जीवनमा हुने एक–एक सेकेन्ड समयको महत्त्वलाई दर्शाउन दुई साथीबिच एकजना समयमै आफ्नो यात्राका लागि एयरपोर्ट पुगिसकेको र अर्को एकजना आफ्नो जहाज उडान समय डिले हुने भन्दै निर्धारित समयसम्म घरै बसेको, तर जहाज समयमै उड्न लागेको कुरालाई समयसँग जोडेर ‘समयको मामलामा नो कम्प्रमाइज’ भन्ने सन्देश देखाइएको छ । उक्त सामाजिक सन्देशमूलक विज्ञापन दर्शकले अत्यधिक रुचाएका थिए । शिवम् सिमेन्टको यो अभियान केवल विज्ञापन मात्र नभएर समाजप्रतिको उत्तरदायित्व र जनचेतना अभिवृद्धिमा केन्द्रित छ ।
‘नो कम्प्रमाइज’ भन्न जति सजिलो छ, त्यति नै व्यवहारमा पूरा गर्न गाह्रो छ, तर जसले पूरा गर्छ, उसको शिर सधैँ ठाडो हुन्छ’ भन्ने सन्देशमार्फत शिवम् सिमेन्टले आफ्नो गुणस्तरमा कहिल्यै सम्झौता नगर्ने नीति झनै मजबुत रूपमा प्रस्तुत गरेको जनाएको छ । शिवम् सिमेन्टले स्थापनाकालदेखि नै ओपिसी सिमेन्ट उत्पादन तथा बिक्री गर्दै आएको छ । कम्पनीले सधैँ गुणस्तर, भरोसा र दीर्घकालीन सम्बन्धमा विश्वास गर्दै आएको छ र जस्तोसुकै परिस्थितिमा पनि आफ्नो नो कम्प्रमाइजको वाचा पूरा गर्दै निरन्तर गुणस्तरीय सिमेन्ट उत्पादन तथा बिक्री-वितरण गर्दै आइरहेको छ । ‘गुणस्तरको पहिचान हो शिवम्’, ‘भरोसा अटुट सम्बन्धको’, ‘कर्तव्यको मामलामा नो कम्प्रमाइज’जस्ता नाराले शिवम् ब्रान्डको मूल सिद्धान्तलाई दर्शाउँछ । यसै प्रतिबद्धताको सम्मानस्वरूप शिवम् सिमेन्ट नेपालकै पहिलो सिमेन्ट कम्पनी बन्न सफल भएको छ जसले उत्कृष्ट गुणस्तरमा आधारित राष्ट्रिय पुरस्कार ‘एनएस गुणस्तर पुरस्कार २०१९’समेत प्राप्त गरिसकेको छ ।




प्रतिक्रिया