+
Search

ताजा अपडेट +

पपुलर +

मेरो माइक्रो फाइनान्स १३औँ वर्षमा प्रवेश

१५ अर्बभन्दा बढी कर्जा लगानी

मेरो माइक्रो फाइनान्स १३औँ वर्षमा प्रवेश
त्रिशूली प्रवाह
३ हप्ता अगाडी

काठमाडौँ । मेरो माइक्रो लघुवित्त वित्तीय संस्थाले १३औँ वार्षिकोत्सव गत बुधबार (गत कात्तिक २६ गते) केन्द्रीय कार्यालयसहित देशैभरका शाखा कार्यालयमा विविध कार्यक्रम गरेर मनाएको छ । संस्थाले गत आव २०८१/०८२ मा रु. तीन अर्ब ९८ करोडबराबर निक्षेप सङ्कलन गरी १५ अर्ब एक करोड ७५ लाख ११ हजार एक सय ५४ रुपैयाँ कर्जा प्रवाह गरेको विवरण सार्वजनिक गरेको हो । संस्था १३ वर्षअघि नुवाकोटको बट्टारमा राष्ट्रियस्तरको लघुवित्तको रूपमा स्थापना भएको थियो ।

हाल चुक्ता पुँजी एक अर्ब ४१ करोड ९० लाख रुपैयाँ रहेको संस्थाले चालू आवको पहिलो त्रैमासमा चार अर्ब ७५ लाख ६६ हजार नौ सय ५० रुपैयाँ निक्षेप सङ्कलन गरी १४ अर्ब ७० करोड ७५ लाख ३९ हजार आठ सय ७१ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २४ करोड २६ लाख ३८ हजार चार सय २० रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा १४.९७ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । सञ्चालनको पहिलो वर्षमा १५ शाखा कार्यालयमार्फत १४ हजारभन्दा बढी घरपरिवारमा वित्तीय पहुँच पुर्याएको संस्थाले बाह्रौँ वर्षमा आइपुग्दा देशको ६४ जिल्लामा एक सय ४९ शाखा सञ्जालमार्फत एक लाख ५३ हजारभन्दा बढी घरपरिवारमा वित्तीय सेवा पुर्याउन सफल रहेको दाबी गरेको छ । त्यसैगरी हालसम्म रु. ३ अर्ब ९८ करोडबराबर निक्षेप सङ्कलन गरी रु. १५ अर्बभन्दा बढी कर्जा लगानी गर्न सफल रहेको देखिन्छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले छोटो समयमा संस्थाले अवलम्बन गरेको कार्यशैली, रणनीति, ग्राहकको अगाध माया, अटुट विश्वास, नियमनकारी निकायको मार्गदर्शन, सेयरधनी सदस्यको भरोसा, कर्मचारीको अतुलनीय योगदान तथा शुभचिन्तकप्रति कृतज्ञता प्रकट गर्दै संस्थाको छवि आजको दिनमा आइपुग्दा माइक्रो फाइनान्स अब्बल संस्थाको रूपमा स्थापित गर्न सफल रहेकोमा खुसी व्यक्त गर्नुभयो । संस्थाले यसरी आफ्नो कारोबार वृद्धि गर्दै जाँदा पर्न सक्ने जोखिम व्यवस्थापनलाई कुशलतापूर्वक व्यवस्थापन गरेको र संस्थाले साङ्गठनिक संरचना, विभिन्न आठवटा विभाग, सातवटा प्रदेशस्तरीय तथा १९ वटा अनुगमन स्टेसनमार्फत कार्यक्रमको प्रभावकारिता मापन गरी अग्रणी लघुवित्त सेवा प्रदायक संस्थाको रूपमा आफूलाई स्थापित गर्न सफल रहेको जानकार बताउँछन् ।

देशका गणनीय सातवटा वाणिज्य बैंक र एक विकास बैंकबाट संयुक्त रूपमा प्रर्वद्धन गरी नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रही २०६९ साल कात्तिक २६ गते राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्थाको रूपमा स्थापित संस्थाले ग्राहक सुहाउँदो विभिन्न किसिमका बचत तथा कर्जा सेवा प्रदान गर्दै आइरहेको छ । संस्थाले कर्जातर्फ विनाधितो, सामूहिक जमानी कर्जा र धितो कर्जाअन्तर्गत विभिन्न किसिमका कर्जा सेवाका साथै बिमा र रेमिट्यान्स सेवा प्रवाह गर्दै आइरहेको छ । संस्थाले आफ्ना ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राखी प्रविधिमैत्री लघुवित्त सेवा प्रदान गर्दै लैजाने क्रममा मोबाइल बैंकिङ, एसएमएस बैंकिङलगायतका सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह