विदुर । आगामी फागुन २१ गते घोषित प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुल एक सय १४ दलले प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि एक सय १७ दलबाट एक सय २० वटा निवेदन परेकामा निर्वाचन आयोगले १३ वटा निवेदन खारेज गर्दै एक सय सातवटा निर्वाचन चिह्न प्रयोग हुने गरी एक सय १४ दलको निवेदन स्वीकृत गरेको हो ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचन प्रयोजनका लागि दर्ता हुन एक सय १७ दलबाट एक सय २० वटा निवेदन परेकामा १३ वटा निवेदन खारेज भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचन चिह्न प्रयोग हुने कुल सङ्ख्या एक सय सात हुने भएको छ । आठवटा दल एकल चुनाव चिह्नमा गएका छन् । दर्ताका लागि निवेदन दिएको एउटा दलले निवेदन फिर्ता लिएको, एक दल जरिवाना नतिरेकाले निवेदन खारेज भएको, एक दलको दुई पक्षबाट छुट्टाछुट्टै निवेदन परेकामा दर्ताको निवेदन खारेज भएको तथा दुई दलको एकलबाट एउटा निवेदन खारेज भएको आयोगले जनाएको छ । आयोगमा दर्ता कायम भएका दलको सङ्ख्या एक सय ४३ छ । जसमध्ये एक सय १७ दलबाट निर्वाचनमा भाग लिन निवेदन पर्यो । एक सय दुईवटा दल एक्लाएक्लै चुनावमा प्रतिस्पर्धा गर्नेछन् । एकल निर्वाचन चिह्न लिई संयुक्त रूपमा भाग लिने १२ दलका पाँच समूह छन् । पाँचै समूहका १२ वटा दलले पाँचवटा निर्वाचन चिह्न पाएका छन् । निर्वाचन आयोगले मङ्सिर १ देखि १० गतेसम्म प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न निवेदन आह्वान गरेको थियो ।
आयोगले समयावधि थप गरेर मङ्सिर १४ गतेसम्म दल दर्ताको समय थपेपछि एक सय १४ वटा दलबाट निवेदन परेको हो । कतै गलत भाष्य निर्माण भएकोप्रति चिन्ता व्यक्त गर्दै उहाँले भन्नुभयो, ‘निर्वाचनमा प्रतिस्पर्धा गर्न दलहरू तयारी अवस्थामा रहेका, मतदाता मतदान गर्न आतुर रहेको, निर्वाचन आयोग निर्वाचन गराउन तयारी रहेको र सरकारले निर्वाचन गराउन सबै स्रोत र साधनको व्यवस्था गरेकाले निर्वाचन हुन्छ ।’ जेन-जी आन्दोलनका क्रममा कतिपय निर्वाचन मतदान केन्द्र तोडफोड र आगजनी हुँदा अहिले ती मतदान केन्द्र पुनर्निर्माण तथा नवनिर्माण भइसकेकाले निर्वाचनका लागि कुनै पनि समस्या नभएको कार्यवाहक आयुक्त भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘आगामी निर्वाचनमा सहभागी हुन युवापुस्ताले सक्रिय रूपमा मतदाता नामावलीमा नाम दर्ता गराएकाले निर्वाचनमा युवापुस्ताको उत्साह देखिएको छ ।’






प्रतिक्रिया