कोलनी । विदुर नगरपालिका र लायन्स क्लब अफ नुवाकोटको संयुक्त लागत साझेदारीमा निर्माण भएको हाटबजार गत शुक्रबारबाट सञ्चालन भएको छ । विदुर नगरपालिका-९ को वडा कार्यालय बाघटार, लागि पूर्वाधार (स्टल) निर्माण भएको छ ।

नगरपालिकाको रू.१० लाख र लायन्स क्लब अफ नुवाकोटको रू.पाँच लाखमा निर्मित संरचना र हाटबजारको शुक्रबार विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठ र लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ जे नेपालका गभर्नर लायन मिलनबाबु मल्लले संयुक्त रूपमा उद्घाटन र हाटबजारको शुभारम्भ गर्नुभएको थियो । गत मङ्सिर २६ गते र पुस ४ गते शुक्रबार हाटबजार सञ्चालन भएको छ भने त्यसपछि हरेक शनिबार हाटबजार सञ्चालन हुने बताइएको छ । लायन्स हाटबजार व्यवस्थापन समितिका अध्यक्ष श्रीकृष्ण रिजालले दिएको जानकारीअनुसार पुस १२ गते शनिबारबाट बिहान ९ बजेदेखि १२ बजेसम्म हरेक हप्ता सञ्चालन हुनेछ । उद्घाटनकै दिन रू.१० लाखभन्दा बढीको कारोबार भएको उहाँले जानकारी दिनुभयो । पुस ४ गते शुक्रबार र त्यसपछि हरेक शनिबार हाटबजार सञ्चालन हुने भएकाले जिल्लवासी कृषकलाई तरकारी तथा फलफूल बिक्रीका लागि निःशुल्क रूपमा स्टल उपलब्ध गराइएको छ । जिल्लाभरिका कृषकलाई तरकारी तथा फलफूल बिक्रीका लागि ल्याउन हाटबजार व्यवस्थापन समितिले अनुरोध गरेको छ ।




प्रतिक्रिया