+
Search

ताजा अपडेट +

पपुलर +

चुनावमा तीन दिन बिदा

चुनावमा तीन दिन बिदा
त्रिशूली प्रवाह
१ घण्टा अगाडी

विदुर । सरकारले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदबारमा गत मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले फागुन २० देखि २२ गतेसम्म तीन दिन देशैभर सार्वजनिक बिदा दिने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो । गृहमन्त्री अर्यालले चीन सरकारबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रदान गर्ने प्रस्तावित चार मिलियन अमेरिकी डलरबराबरको नगद अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको पनि जानकारी दिनुभयो । बैठकबाट चालू आर्थिक वर्षको विनियोजित बजेट तथा कार्यक्रममा उल्लेख भएबमोजिम बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गर्ने निर्णय भएको छ । यस्तै, विसं.२०८३ वैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्षभरि दिइने सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह