+
Search

ताजा अपडेट +

पपुलर +

जनताको वास्तविक प्रतिनिधि बनोस्

जनताको वास्तविक प्रतिनिधि बनोस्
अम्बिका पौडेल
१ घण्टा अगाडी

नागरिकले साँच्चीकै परिवर्तनको अपेक्षा गरेका हुन् भने जनताले प्रत्यक्ष अनुभूति गर्न सक्ने गरी समाज र राष्ट्र निर्माणका नीति अघि बढ्नुपर्छ । विशेषगरी विद्यालय र स्थानीय तहबाटै मनोसामाजिक मनोविमर्श (मनोवैज्ञानिक परामर्श) सम्बन्धी तालिम सुरू गर्नु आजको आवश्यकता हो । स्वस्थ्य र सभ्य समाज निर्माणका लागि नागरिक, राजनीतिक कार्यकर्ताको आचरण, जिम्मेवारी र अनुशासन पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ ।

नुवाकोट क्षेत्र नं १ बाट निर्वाचित डा.बिक्रम तिमिल्सिना र क्षेत्र नं २ बाट निर्वाचित डा.अच्युतम लामिछानेलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना । जनताको सुख–दुःखमा सहयात्री बन्दै, नेता मात्र होइन जनताको वास्तविक प्रतिनिधिको रूपमा काम गर्नुहुन्छ भन्ने विश्वास लिएको छु ।

बट्टार, नुवाकोट

प्रतिक्रिया

लेखकको बारेमा

अम्बिका पौडेल