+
Search

ताजा अपडेट +

पपुलर +

निर्वाचनको परिणामपछि खुशी हुने दिन

निर्वाचनको परिणामपछि खुशी हुने दिन
शिवराम ढकाल
१ घण्टा अगाडी

नेपालका हरेक क्षेत्रको (राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, प्राविधिक, वातवरणीय, कानुनी) राष्ट्रिय डाटा प्रोफाइल तयार गरी प्रणाली गत गराई डिपिआई तयार गरी अन्तरक्रियात्मक बनाएको दिन खुसीको दिन हुने छ । हरेक नेपालीको हरेक कारोबार (जन्मदेखि मृत्युसम्मको (व्यक्तिगतदेखि व्यवसायिकहुँदै सामाजिकदेखि आर्थिकहुँदै वातावरणीयसम्मका हरेक विषय) प्रणालीमा आउँछ, सार्वजनिक सेवा प्रवाह, पारदर्शिताले भ्रष्टाचार लाई शून्य प्रायः बनाउँदै सुशासन, सामाजिक न्याय स्थापित हुन सुरू हुन्छ ।

राज्यले श्रम गर्ने संस्कृतिको कार्य थलानी गरेको दिन खुसीको अर्काे दिन हुने छ । नेपालमा श्रम संस्कृतिको नीति प्रभावकारी रूपमा कार्यान्वयन भयो भने आर्थिक विकास, सामाजिक परिवर्तन, बेरोजगारी न्यूनीकरण र सुशासन सुधारमा दीर्घकालीन सकारात्मक प्रभाव पर्न सक्छ । राज्यले शिक्षालाई सीपसँग जोडेको दिन अर्काे खुसी छाउने छ । राज्यले शिक्षालाई सीपसँग जोडेको दिनदेखि शिक्षा केवल डिग्री प्राप्त गर्ने माध्यम मात्र नभई जीवन र रोजगारी निर्माण गर्ने प्रणाली बन्छ । यसले बेरोजगारी घटाएर आर्थिक विकास र सामाजिक परिवर्तनमा महत्त्वपूर्ण योगदान पु¥याउँछ । राज्यले सामाजिक उद्यमशीलता विकास गर्ने नीति बनी लागू हुने सुरूआत भएको दिन पनि खुसीको समय हो । राज्यले सामाजिक उद्यमशीलता विकास गर्ने नीति लागू गरेको दिनदेखि आर्थिक गतिविधि मात्र होइन, समाजको समस्या समाधान गर्ने उद्यमशील संस्कृति विकास हुन थाल्छ । यसले रोजगारी, समावेशी विकास र दिगो सामाजिक परिवर्तनमा दीर्घकालीन सकारात्मक प्रभाव पार्छ ।

राज्यले हरेक नेपालीलाई उसको क्षमता रेगुलर आम्दानी र नेट वर्थको आधारमा जुनसुकै स्वास्थ्य सेवा पनि सुनिश्चित गरेको दिन खुसी दिने छ । राज्यले हरेक नेपालीलाई आम्दानी र सम्पत्तिको आधारमा आवश्यक स्वास्थ्य सेवा सुनिश्चित गरेको दिनदेखि नेपालमा स्वास्थ्य सुरक्षा, आर्थिक स्थिरता र सामाजिक समानता बलियो बन्न थाल्छ । यसले दीर्घकालीन रूपमा समृद्ध र स्वस्थ्य समाज निर्माण गर्न मद्दत गर्छ । अन्तर्राष्ट्रिय कूटनीति मा पञ्चशील को सिद्धान्तलाई मुख्य आधार बनाई राष्ट्रिय नीतिमा अडिक हुने नीति बनाई काम सुरूआत गरेको दिन अको खुसीको क्षण हो । अन्तर्राष्ट्रिय कूटनीतिमा पञ्चशील सिद्धान्तलाई आधार बनाएर दृढ रूपमा नीति कार्यान्वयन गरेको दिनदेखि नेपालले सन्तुलित विदेश नीति, स्थिर छिमेकी सम्बन्ध र विश्वसनीय अन्तर्राष्ट्रिय छबि निर्माण गर्न सक्छ । यसले दीर्घकालीन रूपमा नेपालको स्वाधीनता र विकास दुवैलाई मजबुत बनाउने सम्भावना हुन्छ । shivaramdhakal@gmail.com

ढिकुरे, नुवाकोट

 

प्रतिक्रिया

लेखकको बारेमा

शिवराम ढकाल