+
Search

ताजा अपडेट +

पपुलर +

रसुवामा समानुपातिकतर्फ पनि कांग्रेस पहिलो

रसुवामा समानुपातिकतर्फ पनि कांग्रेस पहिलो
त्रिशूली प्रवाह
१ हप्ता अगाडी

धुन्चे । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तरगत समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । मतगणनाको अन्तिम सार्वजनिक गरिएको नतिजाअनुसार नेपाली कांग्रेसले नौ हजार छ सय मत प्राप्त गरी अग्रस्थान हासिल गरेको छ । यही फागुन २३ गते बिहान १० बजेबाट गणना सुरू भई राति ९ बजे समानुपातिकको मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मतगणनाको परिमाणअनुसार समानुपातिकतर्फ २६ हजार चार सय तीन मत खसेकोमध्ये कांग्रेसलाई सबैन्दा बढी मत प्राप्त भएको छ । घोषित मत परिमाणानुसार रसुवाका पाँच पालिकाका मतदाता, निर्वाचन नामावलीमा नाम भएका कारागारका कैदीबन्दी र निर्वाचनमा खटिएका कर्मचारी समेतले मतदान गरेका थिए । सात हजार छ सय १८ मत प्राप्त गरी राष्ट्रिय स्वतन्त्र पार्टी दोश्रो स्थान, तीन हजार पाँच सय ८८ मत गरी नेकपा (एमाले) तेश्रो, दुई हजार एक सय ३५ मत प्राप्त गरी राष्ट्रिय परिवर्तन पार्टी चौथों र २२ घटक मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले नौ सय ५७ मत प्राप्त गरेको छ । त्यसैगरी, मंगोल नेशनल अर्गनाइजेशन पार्टीले पाँच सय आठ मत, श्रम संस्कृति पार्टीले दुई सय ६१ मत प्राप्त गरेको छ । रसुवाबाट विभिन्न ५७ दलले मत पाएको र प्राप्त परिमाणले कुनैको एक र कुनै दलको शुन्यता रहेको निर्वाचन नतिजा विवरणमा उल्लेख छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह