+
Search

ताजा अपडेट +

पपुलर +

ग्यास अभावपछि प्रशासनको निगरानीमा व्यापारी

ग्यास अभावपछि प्रशासनको निगरानीमा व्यापारी
त्रिशूली प्रवाह
१ महिना अगाडी

विदुर । खाना पकाउने ग्याँसको अभाव भएपछि नुवाकोटमा बजार अनुगमन भइरहेको छ । ग्याँसको अभाव हुने गरी मौज्दात नगर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । बजारमा खाना पकाउने एलिपि ग्याँसको अभाव भएपछि जिल्लाबजार अनुगमन समितिले बजारमा रहेका ग्याँसको डिपो, बिक्रेता तथा पसलमा छड्के अनुगमन गरेको समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाइले बताउनुभयो । उहाँको नेतृत्वको संयुक्त टोलीले जिल्लाका मुख्य बजार क्षेत्रमा रहेका ग्याँस डिपो तथा पसलको अनुगमन गरिरहेको छ ।

एसियाको मध्यपूर्व क्षेत्रमा देखिएको युद्धको असरका कारण अन्तर्राष्ट्रिय बजारमा एलपी ग्याँसको आपूर्तिमा समस्या आएपछि नुवाकोटमा समेत ग्याँसको अभाव भइरहेको छ । जिल्लाका सातवटा ग्याँस डिपो, बिक्रेता तथा पसलमा अनुगमन गरिएको सहायक प्रजिअ हुमागाइले बताउनुभयो । उहाँका अनुसार बजारमा ग्याँसको अभाव पाइयो, मौज्दात नगर्न भनेका छौँ, धेरै जसोमा ग्याँसको अभाव रहेको र केहीले भने आएका ग्याँसका सिलिण्डर तत्काल उपभोक्तालाई बिक्री गरेको समेत पाइएको छ । बट्टार, गंगटे, पिपलटारलगायतका स्थानमा ग्याँसको अनुगमन गरिएको समितिका सदस्य सचिव तथा उद्योग तथा वाणिज्य कार्यालय नुवाकोटका प्रमुख सीताराम घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलेको तुलनामा ग्याँसको अभाव भएको पक्का हो, यद्यपि हाहाकार नै हुने गरी भने भएको छैन, यहि अवस्थामा ग्याँसको आयात भइरहेको अवस्थामा उपभोक्तालाई समस्या नपर्ने अनुगमनका क्रममा पाइएको छ । अनुगमनका क्रममा बट्टार दम्कीस्थित ग्याँस बिक्रेता राजु बोगटीले आफ्नो डिपोमा दैनिक रूपमा ग्याँसको आयात भइरहेको बताउँदै उपभोक्ताले अरू जुनुसुकै ग्याँसको खाली सिलिण्डर ल्याएर पनि आफूले सरकारले तोकेअनुसारको आधा सिलिण्डर ग्याँस दिने प्रतिवद्धता जनाएका छन् ।

अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, जिल्ला पशु सेवा कार्यालय, जिल्ला प्रहरी कार्यालय, उपभोक्ता हित संरक्षण मन्चलगायत सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिको सहभागितामा अनुगमन भइरहेको छ । एलपी ग्याँस र पेट्रोलिय पदार्थको कृत्रिम अभाव सिर्जना नगर्न व्यवसायी तथा उपभोक्तालाई आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह