+
Search

ताजा अपडेट +

पपुलर +

केन्द्रीय कारागारका प्रमुख कुँवरले हाँकेको गाडीका घाइतेको उपचार हुँदै

केन्द्रीय कारागारका प्रमुख कुँवरले हाँकेको गाडीका घाइतेको उपचार हुँदै
त्रिशूली प्रवाह
१ महिना अगाडी

गुर्जेभन्ज्याङ । छहरे-टोखा सडकमार्गमा शुक्रबार काठमाडौँबाट नुवाकोटतर्फ आउँदै गरेको सरकारी स्कोर्पियो पिकअप दुर्घटना भएको छ । सडकमा गुडिरहेको सरकारी स्कोर्पियोले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार नेपाली सेनामा कार्यरत एक सैनिक घाइते भएका छन् ।

विदुर-६ चण्डीपोखरीस्थित केन्द्रीय कारागार नुवाकोटका प्रमुख भेषवहादुर कुँवरले हाँकेको एमएच-१५ टिसि-०४१५ ए.नम्बरको महिन्द्रा स्कोर्पियो पिकअप गाडीले काठमाडौँबाट नुवाकोटतर्फ आउँदै गरेको बागमती प्रदेश-०२-०४० प.७१४६ नम्बरको साइडमा रहेको मोटरसाइकललाई ठक्कर दिएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । सदरमुकाम विदुरदेखि ४५ किलोमिटर पूर्वमा रहेको शिवपुरी-७ स्थित सातघुम्ती सडकमार्गमा दुर्घटना हुँदा एक जना घाइते भएका छन् । गुरूङगाउँस्थित सेल्फीडाँडामा सरकारी स्कोर्पियोले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक घाइते भएका हुन् । जेलर कुँवरले हाँकेको उक्त गाडी प्रतिनिधिसभा निर्वाचनको लागि भारतीय सरकारले उपलब्ध गराएको हो । यस सम्बन्धमा जेलर भेषबहादुर कुँवरसँग सम्पर्क राख्दा उहाँले दुर्घटना भएको बताउँदै आफूले चालकलाई अर्को सिटमा बसाएर गाडी हाँकेको र घाइतेको काठमाडौँ ग्राण्डी अन्र्तराष्ट्रिय अस्पतालमा उपचार गराउन अर्को गाडीमा पठाएको बताउनुभयो । घाइतेको अवस्था सामान्य रहेको बताउँदै कुँवरले घाइतेको उपचारमा आफैं खटिनुभएको थियो । प्रत्यक्षदर्शीका अनुसार उपसचिव कुँवरले सडकमार्गमा गाडी सिक्ने क्रममा छहरे-टोखा मार्गको ब्यस्त सडकमै उक्त दुर्घटना भएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह