+
Search

ताजा अपडेट +

पपुलर +

विद्यार्थीलाई वित्तीय साक्षरता अभिमुखीकरण

विद्यार्थीलाई वित्तीय साक्षरता अभिमुखीकरण
त्रिशूली प्रवाह
२ हप्ता अगाडी

बट्टार । नेपाल बैंक लि. त्रिशूली शाखा नुवाकोटले बुधबार नुवाकोट आदर्श बहुमुखी क्याम्पस, बट्टारमा स्नातक तहमा अध्ययनरत विद्यार्थीलाई वित्तीय साक्षरतासम्बन्धी एकदिने जानकारी र सूचनामूलक प्रशिक्षण दिएको छ ।

बैंकका शाखा प्रबन्धक लक्ष्मी पण्डित, सहायक शाखा प्रबन्धक गंगा पाण्डे, सहायक प्रबन्धक उमेशराज श्रेष्ठले बिमा, सेयर, बचत, लगानी, आम्दानीलाई कसरी स्मार्ट बनाउने र बैंकको सेवा कसरी लिनेसम्बन्धी जानकारीमूलक प्रशिक्षण दिनुभएको थियो । आम्दानीलाई कसरी व्यवस्थापन र मुनाफा हुने क्षेत्रमा लगानी गर्न सकिन्छ भन्ने विषयमा विद्यार्थीले अभिरुचिपूर्वक कार्यक्रममा सहभागी भएका थिए । प्रबन्धक पण्डितले भन्नुभयो, ‘जति वित्तीय व्यवस्थापन गर्न सकिन्छ उति जीवन सहज बन्छ ।’

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह