+
Search

ताजा अपडेट +

पपुलर +

नमस्ते पासाङल्हामु यातायात कम्पनीको अध्यक्षमा खड्गी

नमस्ते पासाङल्हामु यातायात कम्पनीको अध्यक्षमा खड्गी
त्रिशूली प्रवाह
१ हप्ता अगाडी

विदुर । नुवाकोट, रसुवामा पूरै क्षेत्र र धादिङको केही भागमा यातायात सेवा सञ्चालन गरिरहेको नमस्ते पासाङल्हामु यातायात प्रा.लि.को सोमबार सम्पन्न अधिवेशनबाट कलबहादुर खड्गी अध्यक्षमा चुनिनुभएको छ ।

अधिवेशनले सञ्चालक समितिको प्रबन्ध सञ्चालकमा ईश्वरलाल श्रेष्ठ र सञ्चालकमा धनबहादुर श्रेष्ठ, रवि रिमाल, आशिष श्रेष्ठ, श्रीकृष्ण आचार्य, मंगलबहादुर लामा, लोकराज न्यौपाने, होमबहादुर कुमाल, रविन वैद्य, निरकुमार मोक्तान चयन भएको निवर्तमान अध्यक्ष रामहरि श्रेष्ठले जानकारी दिनुभयो । कम्पनीको मातहतमा तीन जिल्लामा दुई सय तीनवटा बस, मिनीबस र विद्युतीय सवारी (इभी) माइक्रो बस सञ्चालनमा छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह