+
Search

ताजा अपडेट +

पपुलर +

इरान युद्धको असर, नेपालमा पीडा र तनाव

इरान युद्धको असर, नेपालमा पीडा र तनाव
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82
त्रिशूली प्रवाह
३ दिन अगाडी

काठमाडौँ । मध्यपूर्व (पश्चिम एसिया)मा भएको युद्धका कारण नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्य एकैपटक डबल अङ्कले बढेको छ । अघिल्लो आइतबार रातिबाटै लागू हुने गरी आयल निगमले पेट्रोलको प्रतिलिटर रू.१५ तथा डिजेल र मट्टीतेलको प्रतिलिटर समान रू.१०-१० ले मूल्य बढाएको हो । मध्यपूर्वमा युद्ध जारी रहेकोले नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्य अझै बढ्ने भएकोले बजारमा कृत्रिम अभाव बढ्दो छ । पेट्रोलियम पदार्थको मूल्य बढेका कारण नेपालीको दैनिकी कष्टकर बनिरहेको छ ।

निगमलाई इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट मूल्य समायोजन गरी डिजेल प्रतिलिटर रु.५४ र पेट्रोल रु.३१ ले महँगिएर आएको थियो । तर, आयल निगमले मूल्यस्थिरीकरण कोषमा भएको रकमबाट घाटापूर्ति गर्ने गरी पेट्रोल प्रतिलिटर रु.१५ र डिजेल-मट्टीतेल प्रतिलिटर रु.१०-१० बढाएको जनाएको छ । मूल्य बढेसँगै काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर रु.एक सय ७२ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर रु.एक सय ५२ तोकिएको छ । आयल निगमका प्रवक्ता मनोज ठाकुर भारतबाट धेरै महँगिएर आए पनि कम मूल्यवृद्धि गरेको बताउँछन् । सार्वजनिक सवारीसाधनमा प्रयोग हुने भएकाले डिजेलको भाउ तुलनात्मक रूपमा कम घटाएर मूल्य नियन्त्रणका लागि सहयोग गर्न खोजिएको उनको भनाइ छ । आइओसीले बढाएर पठाएको दरअनुसार नै मूल्यवृद्धि गरिएको भए प्रतिलिटर पेट्रोल रु.एक सय ८८ र डिजेल रु.एक सय ९६ पुग्ने निगम बताउँछ । विगतमा निगमले नाफा कमाउँदा प्रतिलिटर रु.दुईका दरले झिकेर खडा गरिएको मूल्यस्थिरीकरण कोषबाट घाटापूर्ति गर्ने गरी कम मूल्य बढाएको निगमको भनाइ छ । यो कोषमा अहिले रु.१९ अर्बभन्दा बढी छ । तर, अन्तर्राष्ट्रिय बजारमा यही दरमा मूल्य बढ्ने हो भने कोषको रकमबाट बढीमा दुई महिना मात्र धान्न सकिने निगमले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह