काठमाडौँ । विश्वमा छरिएर रहेका नेपाली मूलका नागरिक एवं गैरआवासीय नेपालीका लागि अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन तथा प्रस्थान कक्षमा अलग्गै डेस्क राखिने भएको छ ।
विश्वका विभिन्न मुलुकमा छरिएर रहेका गैरआवासीय नेपाली (एनआरएनए) र नेपाली मूलका विदेशी नागरिकको नेपाली भाषा संस्कृति, नेपाली माटोप्रतिको आत्मीयतालाई प्रगाढ बनाउन र नेपालमा पर्यटन एवं लगानी प्रवद्धन गर्न सो निर्णय गरिएको अध्यागमन विभागले जनाएको छ । सो विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलाई विमानस्थलको आगमन र प्रस्थान कक्षमा अलग्गै डेस्कको व्यवस्थापन गर्न आइतबार पत्राचार गरेको छ । विश्वमा रहेका नेपाली मूलका नागरिकको संस्था एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) ले यसका लागि निकै लामो समयदेखि नेपाल सरकारको ध्यानाकर्षण गराउँदै र माग गर्दै आएको थियो । गृह प्रशासनले आइतबार यो निर्णय गरेपछि उक्त संस्थाले स्वागत पनि गरेको छ ।






प्रतिक्रिया