+
Search

ताजा अपडेट +

पपुलर +

बदर मत : प्रत्यक्षतर्फ ७१ सय, समानुपातिकतर्फ ५४ सय

बदर मत : प्रत्यक्षतर्फ ७१ सय, समानुपातिकतर्फ ५४ सय
त्रिशूली प्रवाह
१ दिन अगाडी

विदुर । यसपटक सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नुवाकोटको दुई क्षेत्रमा बदर मत समानुपातिकतर्फको भन्दा प्रत्यक्षतर्फ बढी छ । जिल्ला निर्वाचन कार्यालय नुवाकोटले सार्वजनिक गरेको अन्तिम निर्वाचन नतिजाअनुसार दुई क्षेत्रमा प्रत्यक्षतर्फ कुल बदर मत सात हजार एक सय २२ र समानुपातिकतर्फ पाँच हजार तीन सय ८५ छ । समानुपातिकमा भन्दा प्रत्यक्षमा कुल बदर मत एक हजार सात सय ३७ बढी छ ।

सबैभन्दा धेरै एकै मतपत्रमा एकभन्दा बढी चुनाव चिह्नमा छाप लगाएका कारण मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय नुवाकोटले जनाएको छ । नुवाकोट १ मा प्रत्यक्षतर्फ जम्मा मतदाता सङ्ख्या एक लाख २३ हजार नौ सय २९ मध्ये जम्मा खसेको मत ७१ हजार ४०, कुल बदर मत तीन हजार सात सय ६० र कुल सदर मत ६७ हजार दुई सय ८० छ । त्यसैगरी, यो क्षेत्रमा समानुपातिकमा जम्मा मतदाता एक लाख २३ हजार नौ सय २९ मध्ये ७१ हजार दुई सय ४७ मत खसेको, बदर मत दुई हजार आठ सय ३० र जम्मा सदर मतको सङ्ख्या ६८ हजार चार सय १७ रहेको निर्वाचन अधिकृत नवराज कोइरालाले जानकारी दिनुभयो ।

नुवाकोट २ मा प्रतिनिधिसभा सदस्य निर्वाचन प्रत्यक्षतर्फ एक लाख २३ हजार नौ सय ३९ मतदाता रहेकोमा जम्मा ७० हजार चार सय ५२ मत खसेको, तीन हजार तीन सय ९० बदर भएको र कुल सदर मत ६७ हजार ९० रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । त्यसैगरी, सो क्षेत्रमा समानुपातिकतर्फ एक लाख २५ हजार पाँच सय ७६ मतदातामध्ये जम्मा खसेको मत ७१ हजार २९ कुल बदर मत दुई हजार पाँच सय ५५ र कुल सदर मत ६८ हजार चार सय ७४ रहेको छ ।

नेपालमा प्रतिनिधिसभा निर्वाचन २०१५ देखि हुन थालेको हो । पञ्चायती व्यवस्थामा पनि एकपटक जनमतसङ्ग्रह र २०३८ तथा २०४३ मा राष्ट्रिय पञ्चायतको चुनाव भएको थियो । प्रजातन्त्र पुनस्र्थापनापछि पनि २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४, २०७९ र २०८२ मा बालिग मतदाताले भोट हालेको अनुभव छ । करिब दर्जनपटक भोट हालेको अनुभव भए पनि ठुलो सङ्ख्याका मतदाताहरूले भोट बदर गर्ने समस्या अहिलेसम्म कायमै छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह