+
Search

ताजा अपडेट +

पपुलर +

‘अस्वाभाविक परिणामका पछाडि सामाजिक सञ्जालको नियोजित प्रयोग’

‘अस्वाभाविक परिणामका पछाडि सामाजिक सञ्जालको नियोजित प्रयोग’
त्रिशूली प्रवाह
१ घण्टा अगाडी

पूर्वमन्त्री डा. प्रकाशरण महत
नेता, नेपाली काङ्ग्रेस
प्रत्याशी, प्रतिनिधिसभा, नुवाकोट १

विदुर । नेपाली काङ्ग्रेसका नेता डा. प्रकाशशरण महतले निर्वाचनमा हारपछि सामाजिक सञ्जालमार्फत यसपटकको चुनावमा पुराना भनिएका नेपाली काङ्ग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टीप्रति मतदाताको असन्तुष्टि, सामाजिक सञ्जालको प्रयोग र भदौ २३ गतेको घटनालाई हारको कारण मान्नुभएको छ ।

निर्वाचनमा पराजय व्यहोरेपछि पूर्वअर्थमन्त्री डा. महतले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै यसपटकको निर्वाचनमा देखिएको परिणामलाई अस्वाभाविक भन्नुभएको छ । उहाँले स्थापित दलप्रति मतदाताको असन्तुष्टि र सामाजिक सञ्जालको नियोजित प्रयोगलाई हारको मुख्य कारण मान्नुभएको छ । पूूर्वऊर्जामन्त्री डा. महतले भदौ २३ गतेको घटनाको प्रभावका कारण पनि चुनावी नतिजा प्रभावित भएको जनाउँदै आगामी दिनमा पनि क्षेत्रको विकास र जनताको सेवामा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । विजयी उम्मेदवार डा.विक्रम तिमिल्सिनालाई बधाई तथा शुभकामना दिँदै उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘यसपटकको आमनिर्वाचनमा देखिएको अस्वाभाविक परिणामका पछाडि स्थापित पार्टीप्रति मतदाताको असन्तुष्टि, सामाजिक सञ्जालको नियोजित प्रयोग, भदौ २३ गतेको घटनाको प्रभावलगायत धेरै कारण छन् । यस्तो प्रतिकूलताका बाबजुद प्रतिस्पर्धी मत दिएर म र मेरो पार्टीलाई विश्वास गर्नुहुने सम्पूर्ण मतदाताप्रति आभारी छु र धन्यवाद दिन चाहन्छु ।’

पुराना भनिएका दलले व्यवस्था परिवर्तन गरे, तर कार्यशैली परिवर्तन नगर्दा यसपटकको निर्वाचनमा कमजोर हुन पुगेपछि अहिले जनतालाई सम्झँदै पश्चात्ताप गरिरहेका छन् । साढे तीन दशकदेखि सत्तामा रहेका पुराना दलमध्येका काङ्ग्रेस, एमाले, नेकपाले प्रजातन्त्र पुनस्र्थापनापछि भएका विगतका निर्वाचन विसं २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४, २०७९ मा परिवर्तन, समृद्धि र रूपान्तरणका आकर्षक नारासहित मत माग्दै आएकामा यसपटक मतदाताले पत्याएनन् । फागुन २१ को निर्वाचनले नेपालको राजनीतिक इतिहासमा ‘नाराले होइन, व्यवहारले विश्वास जितिन्छ’ भन्ने महत्त्वपूर्ण सन्देश स्थापित गरिदिएको छ । दशकौँदेखि परिवर्तन, समृद्धि र रूपान्तरणका आकर्षक नारासहित मत माग्दै आएका परम्परागत दलहरूलाई यसपटक मतदाताले सच्चिने मौकासहित अस्वीकार गरेपछि पराजित नेताहरूले सच्चिने प्रतिबद्धता गरिरहेका छन् । काङ्ग्रेसको ‘बदल्यौँ काङ्ग्रेस, बदल्छौँ देश’ होस् वा एमालेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने प्रतिबद्धतालाई मतदाताले विश्वास गरेनन् जसको परिणाम पटकपटक मन्त्री भएका नेताहरू निर्वाचनमा पछारिए ।

प्रतिनिधिसभा क्षेत्र नम्बर १, नुवाकोट, निर्वाचनको अन्तिम मतगणनाको परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा.तिमिल्सिना २२ हजार ६ सय नौ मतसहित विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी पूर्वपरराष्ट्रमन्त्री डा. महतले १८ हजार पाँच सय ९७ मत प्राप्त गर्नुभयो । सो क्षेत्रबाट प्रतिस्पर्धामा रहेका पूर्वमन्त्रीसहित रहनुभएका नेकपाका हितबहादुर तामाङले १३ हजार तीन सय ७७ मत ल्याउँदा एमालेका जिल्ला अध्यक्ष बद्रीप्रसाद मैनाली आठ हजार नौ सय ३२ मतमा सीमित हुनुप¥यो । नुवाकोटका दुवै निर्वाचन क्षेत्रमा जित निकाल्दै रास्वपाले क्लिनस्विप गरेको छ ।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह