+
Search

ताजा अपडेट +

पपुलर +

भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ७ मिनेटमा

टीका लगाइने दाजुभाइ दीर्घायु हुने विश्वास

भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ७ मिनेटमा
त्रिशूली प्रवाह
१ घण्टा अगाडी

विदुर । यस वर्ष तिहारमा भाइटीकाको उत्तम साइत यही कात्तिक २५ गते बिहान ११ बजेर ७ मिनेटमा रहेको छ । यही कात्तिक २० गते शुक्रबारदेखि सुरु हुने नेपालीहरूको बडादसैँपछिको दोस्रो ठुलो चाड यमपञ्चकअन्तर्गत आगामी बुधबार भाइटीका लगाउँदा दाजुभाइ पश्चिम फर्किएर बस्नुपर्ने तथा दिदीबहिनी पूर्व फर्केर लगाइदिनुपर्नेछ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले साइत खोजेर टीका लगाउन चाहनेका लागि उपर्युक्त समय उत्तम भए पनि सो दिन दिनभरि नै टीका लगाउन सकिने बताएकोे छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

कात्तिक २१ गते शनिबार कागतिहार र सत्ययुगमा देवदानवबिचको समुद्रमन्थनबाट प्राप्त भएका आयुर्वेदका प्रवर्तक धन्वन्तरिजयन्ती मनाइनेछ । भारत तथा माडवारी समुदायले भने यस दिनलाई धनतेरसका रूपमा मनाउने गर्छन् । कात्तिक २२ गते आइतबार तिथि फेरबदलका कारण यस वर्ष कुकुरतिहार र लक्ष्मीपूजा एकै दिन परेको छ । नेपाली साहित्यका विराट् प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाजयन्ती यही दिन पर्छ । कात्तिक २३ गते सोमबार गाईपूजा गरिनेछ । कात्तिक २४ गते मंगलबार गोबद्र्धनपूजा र नेवार समुदायको मौलिक तथा महत्त्वपूर्ण पर्व म्हःपूजा (आत्मस्वरूप पूजा) मनाइने तथा नेपाल संवत् ११४७ (कछलाथ्व पारू÷कार्तिकशुक्ल प्रतिपदा) प्रारम्भ हुनेछ ।

Suzuki New Bike & Scooter

सत्ययुगमा मृत्युका देवता यमराज आफ्नी बहिनी यमुनाकहाँ गई पाँच दिन आतिथ्य र सत्कार पाएको दिनको सम्झनामा तिहार मनाउने चलन चलेको धार्मिक विश्वास छ । सो दिन दिदीबहिनीका हातबाट टीका लगाउने दाजुभाइलाई धर्मराजले दीर्घायु र कल्याणको वरदान दिएका थिए । बत्तीहरूको झिलिमिली, आतसबाजी र पटाका, सयपत्री–मखमली–गोदावरीलगायत फूलहरूको मौसम, पशुपक्षीप्रति आदर र श्रद्धा, दाजुभाइ र दिदीबहिनीबिचको प्रेम, अर्सा–अनर्सा–सेलरोटी र मिठाई, नेपाली मौलिक संवत्को प्रचलन, आफूभित्रको चेतना र अन्तर्निहित शक्तिप्रति श्रद्धा तथा आत्मशुद्धि र सम्मान, महाकविको स्मरण, द्यौसीभैलो–गीतसङ्गीत–नृत्य, दानदक्षिणा, जुवातास–लङ्गुरबुर्जा–कौडा, सामूहिकताजस्ता थुप्रै विशेषता यस पर्वका रहेका छन् ।

भुतपूर्व सैनिक सम्मेलन-२०८३ सम्बन्धी सूचना

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह