+
Search

ताजा अपडेट +

पपुलर +

सात दशकअघि भन्सार कार्यालय स्थापित

रसुवागढी नाका सञ्चालन अनिश्चित

सात दशकअघि भन्सार कार्यालय स्थापित
त्रिशूली प्रवाह
१ घण्टा अगाडी

विदुर । नेपाल–चीन व्यापारको मुख्य केन्द्र रसुवागढी नाका गत भदौ १० गतेको बाढीपछि ठप्प छ । सात दशकअगाडि भन्सार कार्यालय स्थापना भएर सुरु भएको नाका बाढीले त्यहाँसम्म पुग्ने सडकमार्ग र पुल बगाएपछि सञ्चालन अनिश्चित बनेको हो । बाढी गएको दुई महिना बितिसक्दासमेत सरकारले त्यहाँ पुग्ने सडकको ट्र्याक खोल्न र नाका सञ्चालनका लागि आवश्यक पूर्वाधार बनाउन सुरू गर्न सकेको छैन ।

Utsuk Books & Stationery
Satkar Machinery Center

बाढीपछि नुवाकोटको ढुङ्गेदेखि वेत्रावती हुँदै रसुवाको कालिकास्थान, धुन्चेबाट स्याफ्रुबेँसीको वारिपट्टिसम्म मात्र सडकको ट्र्याक खोलिएको छ । स्याफ्रुबेँसीदेखि रसुवागढीसम्म १६ किलोमिटर सडक र पुल बगाएपछि पैदल यात्रासमेत गर्न नसक्ने अवस्था रहेको रसुवा चेम्बर अफ कमर्सका अध्यक्ष सञ्जीव अमात्यले जानकारी दिनुभयो । गत महिना वेत्रावतीमा बेलिब्रिज निर्माणपछि स्याफ्रुबेँसीसम्म सडकमार्ग जोडिएपछि बेलिब्रिज जडानका लागि फाउन्डेसनको काम भइरहेको गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी सडक योजना विदुरका योजना प्रमुख कृष्णनाथ ओझाले बताउनुभयो । स्याफ्रुबेँसीमा पुल बनेपछि रसुवागढीसम्म अस्थायी ट्र्याक खोल्न सुरु हुने बताइएको छ । सडक विभागका महानिर्देशक विजय जैसीले तत्काल स्याफ्रुबेँसीदेखि रसुवागढीसम्मको गाउँलाई सडक सञ्जालसँग जोड्दै जाने लक्ष्य रहेको जानकारी दिनुभयो । स्याफ्रुबेँसीदेखि रसुवागढी अस्थायी सडक सञ्जाल जोड्न चारवटा बेलिब्रिज जडान गर्नुपर्नेसमेत उहाँले बताउनुभयो । पहिलो चरणमा नाकासम्म अस्थायी सडक ट्र्याक खोलेर आवतजावत सहज बनाउने, त्यसपछि स्थायी रूपमा सडक निर्माणका लागि अध्ययनको काम सुरु हुने जानकारी विभागले दिएको छ ।

Suzuki New Bike & Scooter

सरकारले भन्सार र अध्यागमन कार्यालय कहाँ राख्ने भनेर निर्णय नगरे पनि नेपालको अनुरोधमा चीन सरकारले स्ट्रक्चरल इन्जिनियर, अर्थविद्सहित सम्मिलित आठजनाको टोलीले रसुवागढी क्षेत्रको अध्ययन सुरु गरेको छ । सो टोलीले रसुवागढी क्षेत्रको प्राविधिक अध्ययनपछि चीन सरकारले नाका सञ्चालनमा कस्तो सहयोग गर्ला भन्ने आधिकारिक धारणा आउने अपेक्षा गरिएको छ । विसं २०७२ को भूकम्पपछि लामो समय बन्द रहेपछि खुलेको यो नाका गत २०८२ असार २४ गते नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा आएको बाढीले मितेरी पुल बगाएको ६ महिनापछि विसं २०८२ पुस १७ गतेबाट पुनः सञ्चालनमा आएको थियो । गत वर्षको बाढीले टिमुरेमा रहेको भन्सार यार्ड बगाउँदा त्यहाँ राखिएको गाडी, कन्टेनर र भन्सारको बन्दै गरेको भवनमा क्षति पुगेको थियो ।

बाढीले अहिले यो नाकाको नामोनिसाना नरहने गरी बगाएको छ । काठमाडौँबाट करिब एक सय ५२ किलोमिटर उत्तरमा रहेको यो नाकाले चीनबिच आयात–निर्यात, व्यापार, राजस्व सङ्कलन, सीमा व्यवस्थापन तथा आर्थिक सम्बन्ध विस्तारमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दैै आएको थियो । बाढीअघिसम्म नेपालमा सबैभन्दा बढी विद्युतीय सवारीसाधन आयात हुने नाका रहेको थियो । कुल आयातको ६० प्रतिशत विद्युतीय सवारीसाधन यो नाका हुँदै नेपाल भित्रिने गरेको भन्सार कार्यालयको तथ्याङ्कमा उल्लेख छ । विगतमा रसुवाका स्थानीय बासिन्दा र तिब्बतका केरुङ क्षेत्रका जनताको दैनिक जीवनयापन सञ्चालनका लागि वस्तु विनिमयका माध्यमबाट व्यापार गरी राजस्वसमेत परिचालन गर्ने उद्देश्य राख्दै नेपाल सरकारले रसुवागढीमा विसं २०१३ मा भन्सार कार्यालय स्थापना गरेको थियो । बाढीअघिसम्म यो नाकाबाट विद्युतीय सामग्री, तयारी पोसाक, जुत्ता, चप्पल, कृषि उत्पादन, दूरसञ्चार उपकरण, जलविद्युत् आयोजनामा प्रयोग हुने मेसिन, सवारीसाधन तथा औद्योगिक मेसिनरीजस्ता मालवस्तु नेपालतर्पm आयात हुँदै आएको थियो । चीनले यो नाका सञ्चालनमा चासो राखेको बताइए पनि यो समाचार तयार गर्दासम्म आधिकारिक धारणा सार्वजनिक भएको छैन ।

 

 

भुतपूर्व सैनिक सम्मेलन-२०८३ सम्बन्धी सूचना

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह