+
Search

ताजा अपडेट +

पपुलर +

बाढीअघिकै स्थानमा बस्न चाहने आठ सय परिवार

बाढीअघिकै स्थानमा बस्न चाहने आठ सय परिवार
त्रिशूली प्रवाह
५५ मिनेट अगाडी

विदुर । गत १० भदौमा भोटेकोशी-त्रिशूली नदीमा आएको विध्वंसकारी हिमबाढीबाट रसुवा, नुवाकोट, धादिङ र गोरखाका निजी घरपरिवारमा गरिएको स्थलगत सर्वेक्षणअनुसार सात सय ९७ (२५ दशमलव ९९ प्रतिशत) परिवारले बाढीअघिकै स्थानमा बस्ने चाहना व्यक्त गरेका छन् ।

Satkar Machinery Center
Utsuk Books & Stationery

राष्ट्रिय योजना आयोगले बाढीबाट घरमा क्षति पुगेका तीन हजार ६७ परिवारलाई भविष्यमा स्थायी बसोबासबारे प्रश्न गरेको थियो । त्यसमा २५ दशमलव ९९ प्रतिशत परिवारले बाढीअघिकै स्थानमा बस्ने चाहना व्यक्त गरेका छन् । त्यस्तै, पाँच सय ६५ (१८ दशमलव ४२ प्रतिशत) परिवारले जिल्लाभित्र आफ्नै स्वामित्वको अर्को जग्गामा बस्ने चाहना व्यक्त गरेका छन् भने एक सय ५९ (पाँच दशमलव १८ प्रतिशत) परिवारले देशभित्रको आफ्नै स्वामित्वमा रहेको जग्गामा बस्ने विकल्प रोजेका छन् । सरकारले जग्गा उपलब्ध गराएमा सो स्थानमा बस्न चाहने परिवारको सङ्ख्या भने नौ सय ३९ (३० दशमलव ६२ प्रतिशत) रहेको छ । त्यसैगरी, सरकारले सामूहिक आवासको व्यवस्था गरेमा सो स्थानमा बस्न चाहने भने पाँच सय ९० (१९ दशमलव २४ प्रतिशत) परिवार छन् । भविष्यको स्थायी बसोबासबारे उत्तर प्राप्त नभएका घरपरिवारको सङ्ख्या भने १७ रहेको छ ।

Suzuki New Bike & Scooter

भुतपूर्व सैनिक सम्मेलन-२०८३ सम्बन्धी सूचना

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह