+
Search

ताजा अपडेट +

पपुलर +

पर्यटक बोलाउन वैंशाख १३ देखि पार्वतीकुण्डमा चौँरी महोत्सव

पर्यटक बोलाउन वैंशाख १३ देखि पार्वतीकुण्डमा चौँरी महोत्सव
त्रिशूली प्रवाह
६ महिना अगाडी

रसुवा । आमाछोदिङ्मो गाउँपालिकाले ग्रामीण पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले वडा नं ३ मा रहेको पार्वतीकुण्डमा तीनदिने याक तथा चौँरी महोत्सव गर्ने तयारी भइरहेको छ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

‘हाम्रो सान, हाम्रो पहिचान, बुकीको कालो हिरा याक तथा चौँरी संरक्षण आमाछोदिङ्मोको अभियान’ भन्ने नाराका साथ गत्लाङ गाउँको शिरमा रहेको पार्वतीकुण्डमा महोत्सव गर्न लागिएको आमाछोदिङ्मो गाउँपालिकाका प्रमख बुचुङ तामाङले जानकारी दिनुभयो । महोत्सव आगामी विसं २०८३ वैंशाख १३ देखि १५ गतेसम्म पार्वती कुण्ड परिसरमा गर्न लागेको महोत्सव आयोजक समितिका प्रचारप्रसार संयोजक फुर्पुसिङ्गी तामाङले जानकारी दिनुभयो । प्रचार संयोजक तामाङका अनुसार तामाङ समुदाय चौँरीपालनमा समर्पित किसान तथा गोठालोको मनोवल बढाउँदै उक्त अवसरमा याक तथा चौँरी, स्थानीय हस्तकलाबाट निर्माण गरिएका सामग्री, स्थानीय खानेकुरा र कृषि उत्पादनको प्रदर्शन गरिने छ । महोत्सवमा आउने पाहुनाले स्थानीय अर्गानिक उत्पादन चिज, आलु, सिमी, सिस्नु, घ्यु, राडीपाखी, पटुका, झोला आदि कोसेलीका रूपमा किन्न पाउने व्यवस्था मिलाइएको छ ।’ विगतमा काठैकाठको कालो छाना भएको बस्ती भएकाले गत्लाङ ‘ब्ल्याक भिलेज’ का रूपमा चिनिएको थियो । विसं २०७२ को भूकम्पले गाउँको सबै घर भत्किएपछि नयाँ निर्माणको क्रममा रङ्गीन जस्ताको छानाका घर निर्माण हुँदा विगतको ब्ल्याक भिलेज अहिले रङ्गीचङ्गी बनेको छ । गत्लाङ अधिकांश तामाङ समुदायको मात्र बसोबास रहेको गाउँ हो । यहाँ करिब छ सय घरधुरीमध्ये आधाभन्दा बढी घरमा होमस्टे सञ्चालनमा रहेको पालिका अध्यक्ष बुचुङले बताउनुभयो ।

सांस्कृतिक झाँकी, लामा नाच, स्याब्रु नाचलगायत स्थानीय बासिन्दाको जन्ममरणका संस्कृति, भेषभुषासमेतको प्रदर्शनीले महोत्सव अझै रोमाञ्चकारी हुने विश्वास आयोजकले लिएको छ । रसुवाका चौँरी पालनमा समर्पित किसान तथा गोठालाको मनोबल बढाउँदै यसको प्रवद्धन गर्ने र आन्तरिक तथा बाह्य पर्यटक बोलाउने उद्देश्यले महोत्सव गर्न लागिएको बताइएको छ । महोत्सवकै अवसरमा पार्वतीकुुण्ड, याक चिज कारखाना, प्राचीन गुम्बा, ज्यार्सा तेन्जो डाँडा हाइकिङ, रूबीभ्याली पदयात्रा र १२ थरी लालीगुराँसको अवलोकन र हिकश्रृंखलाको प्राकृतिक दृश्यावलोकन गर्न सकिने आयोजकले बताएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह