+
Search

ताजा अपडेट +

पपुलर +

तेस्रो आँखा

तेस्रो आँखा
त्रिशूली प्रवाह
२ दिन अगाडी

निर्वाचनको समीक्षा नगर्दै प्रजातन्त्रवादी, साम्यवादी, राजावादी, मधेसवादी दल छाती पिटिपिटी रुँदा छन् । कोही दलभित्र अझ झगडा गर्दै छन्, कोही सडकमा कुर्लिँदै छन् । अन्य क्षेत्रमा पाँचदेखि ५० हजार मतान्तरले पराजित भएनि न्वाँकोट-२ मा भने अघिल्लो पाला पाँच दलको गठबन्धनमा दाइ केसीले साढे एघार हजारले जितेकामा यसपटक भाइ केसी विनागठबन्धन लड्दा साढे १६ हजार मतान्तरले हारेसि कार्जेकर्तालाई जोडघटाउ गर्दै गफिन क्या मजा आइरहेको छ गाँठे ! दाजुभाइलाई साढे कि आढेले नछाडेनि २७५ लाई शपथ ख्वाउन त दाइ केसी नै चाहियो ! न्वाँकोटलाई नै जनजातिको किल्ला बनाउन लगानी गरिरहेका पूर्वमुख्यमुन्तरीले समेत यसपाला घन्टीको सुनामीलाई छेक्न सकेनन्, उनकै सुपुत्रीसमेतले आपाआमालाई कन्भिन्स्ड गराएर रवि-बालेन कम्पनीमा झन्डै नलगेकी ! ‘मेरोबाहेक अरूको भोट त हाइज्याक नै भो नि, बल्लतल्ल दुवै छाप रूखमै राख्न पाएँ,’ सहकर्मीसँग गर्वका साथ कुर्लेको सदरमुकामका होटेलका वेटरहरूले कुन सड्को सुनिहालेछन् । ढ्याङ्ग्रो ठोक्दै लामाझाँक्रीको अभिनय गरी जनतासँग मत माग्दा टिनिनिनी झ्याप भएसि अन्तर्घातको गन्ध जगदीश्वरलाई थाहा नभएनि भैरवी, जालपा र वनदेवीले दिव्यदृष्टिले देखिहालेछन् नि गाँठे ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह