विदुर । बागमती प्रदेश, सामाजिक विकास मन्त्रालयको सहयोगमा नुवाकोटका नेत्रहीनलाई १५ दिने सिपमूलक तालिम सञ्चालन भइरहेको छ । नेत्रहीन सङ्घ नुवाकोटको समन्वयमा सञ्चालित तालिमको शुभारम्भ गत मंगलबार भएको हो ।

चैत १० देखि २४ गतेसम्म विदुरमा सञ्चालित हुने तालिममा १२ महिला र आठ पुरुष सहभागी रहेको सङ्घका अध्यक्ष निश्चिल रोक्काले जानकारी दिनुभयो । तालिममा झोल साबुन, हर्पिक, फिनेल बनाउने सैद्धान्तिक र व्यावहारिक ज्ञान प्रमुख प्रशिक्षक लक्ष्मीकुमारी प्रधानले दिइरहनुभएको छ । तालिमका सहभागीलाई आयोजकले खाजा र स्थानीय यातायात खर्चको व्यवस्था गरेको छ ।






प्रतिक्रिया