काठमाडौँ । सुजुकीले नेपालमा आफ्नो नवीनतम एक्सेस १२५ बिएस ६ ओबिडी २ बीलाई नेपालमा सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यो स्कुटर हाल नेपालभरका सबै अधिकृत सुजुकी डिलरसिपमा उपलब्ध छ ।
भारतको १२५ सिसी सेगमेन्टमा सर्वाधिक बिक्री हुने स्कुटरको रूपमा चिनिएको एक्सेस १२५ नयाँ संस्करणमा १२४ सिसी, एयर-कुल्ड, फ्युल इन्जेक्सन, सिंगल-सिलिन्डर बिएस ६ इन्जिन छ । साथै, यसले हाल लागू भएको सबैभन्दा कडा उत्सर्जन नियमन ओबिडी २ बी अन-बोर्ड डायग्नोस्टिक मापदण्डको अनुपालन गर्नेछ । यसले ८.३ पिएचपी शक्ति र १०.२ एनएम टर्क उत्पादन गर्ने जनाइएको छ । एक्सेस एक सय २५ पाँच आकर्षक रङ सोलिड आइस ग्रिन, पर्ल साइनी बेज, मेटालिक म्याट स्टेलर ब्लु, पर्ल ग्रेस ह्वाइट, मेटालिक म्याट ब्ल्याकमा उपलब्ध छ ।






प्रतिक्रिया