Star Nuwakot Hospital
+
Search

ताजा अपडेट +

पपुलर +

महिला पत्रकारलाई खोजमूलक समाचारलेखन तालिम

महिला पत्रकारलाई खोजमूलक समाचारलेखन तालिम
त्रिशूली प्रवाह
१ घण्टा अगाडी

धुन्चे । नेपाल पत्रकार महासङ्घ बागमती प्रदेश समितिको संयोजन र नेपाल पत्रकार महासङ्घ काभ्रे शाखाको सहजीकरणमा काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलमा महिला पत्रकारलाई दुईदिने खोजमूलक समाचारलेखन तालिम सम्पन्न भएको छ ।

बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको आयोजनामा वैशाख ११ र १२ गते सम्पन्न तालिममा १३ जिल्लाका २० महिला पत्रकारको सहभागिता रहेको थियो । तालिमको विषयमा सामाजिक विकास मन्त्रालयका सचिव सुविराम अधिकारीले जानकारी गराउनुभएको थियो । तालिममा पत्रकारिता आचारसंहिताको विषयमा नेपाल पत्रकार महासङ्घ केन्द्रीय उपाध्यक्ष नितु पण्डित, पत्रकारितामा एआईको प्रयोग कति प्रभावकारी र कसरी प्रयोग गर्ने विषयमा गोरखापत्र दैनिकका सहसम्पादक अजय शर्मा, लैङ्गिक समानता र महिला पत्रकारको विषयमा सञ्चारिका समूह बागमती प्रदेशको अध्यक्ष सरिता दाहालले प्रशिक्षण दिनुभएको थियो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह