+
Search

ताजा अपडेट +

पपुलर +

महासङ्घको जिल्ला नगर खुल्लातर्फ नुवाकोटका कार्की र अमात्य विजयी

महासङ्घको जिल्ला नगर खुल्लातर्फ नुवाकोटका कार्की र अमात्य विजयी
त्रिशूली प्रवाह
१ महिना अगाडी

विदुर । नेपाल उद्योग वाणिज्य महासङ्घको मंगलबार सम्पन्न निर्वाचनबाट जिल्ला नगर खुल्लाततर्फबाट नुवाकोटका दुईजना व्यवसायी केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । जिल्ला नगर खुल्लातर्फको नतिजामा १५ जना विजयी भएका छन् ।

Utsuk Books & Stationery

महासङ्घको कार्यसमितिको लागि भएको निर्वाचनमा एक सय २९ मतबाट जिल्ला नगरतर्फबाट केन्द्रीय सदस्यमा नुवाकोट उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष एवं महासङ्घको निवर्तमान कार्यसमितिका सदस्य एवं जिल्ला नगर उपसमितिका उपसभापति ताराबहादुर कार्की र जिल्ला नगरका महिला सदस्यततर्फ संघका पूर्व वरिष्ठ उपाध्यक्ष गीता अमात्य विजयी हुनुभएको छ । मतगणनाको अन्तिम परिणामअनुसार कार्कीले ९० मत र अमात्यले ८१ मत प्राप्त गर्नुभएको हो । महासंघको जिल्ला नगरततर्फको उपाध्यक्षमा कृष्णप्रसाद शर्माले ८७ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । त्यसैगरी, वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठले ६३ मत ल्याएर विजयी हुनुभएको छ ।

जिल्ला नगर खुल्लातर्फ विजय हुनेमा अर्जुनकुमार श्रेष्ठले एक सय १०, उज्ज्वलप्रसाद कसजुले ८२, केशवप्रसाद भण्डारीले ९८, कृष्ण कटुवालले एक सय पाँच, गोकुल श्रेष्ठले ९७, छत्रधर आत्रेयले एक सय चार, ताराबहादुर कार्कीले ९०, दिपक नेपालले एक सय, प्रयास कार्कीले एक सय एघार, मोहनप्रसाद श्रेष्ठले एक सय दुई, लक्ष्मणराज पाडैलले एक सय चार, शंकर गिरीले ८६, सन्तोष खड्काले एक सय दुई, सुदर्शन कार्कीले ८१ र हरिप्रसाद अर्यालले ९२ मत पाएका छन् । जिल्ला नगरको दुई महिला सदस्यततर्फ गीता अमात्यले ८१ र हिरा भट्टराईले ६३ मत प्राप्त गरी विजय भएका छन् ।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह