Star Nuwakot Hospital
+
Search

ताजा अपडेट +

पपुलर +

‘रोजगारी र उद्यमशीलता प्रवद्धनलाई प्राथमिकता

‘रोजगारी र उद्यमशीलता  प्रवद्धनलाई प्राथमिकता
त्रिशूली प्रवाह
३ घण्टा अगाडी

बसुमाया तामाङ
प्रतिनिधिसभा सदस्य, समानुपातिकतर्फ
धादिङ

धादिङबेँसी । सफल उद्यमीका रूपमा परिचित धादिङकी बसुमाया तामाङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य हुनुहुन्छ । रास्वपाको सहकोषाध्यक्षसमेत रहनुभएकी तामाङले आगामी दिनमा महिला हकहित, सशक्तीकरण र उद्यमशीलता प्रवद्धनलाई आफ्नो मुख्य प्राथमिकतामा राखेर नीतिगत तहमा काम गर्ने बताउनुभएको छ ।

विसं २०२८ असार १५ गते रुबिभ्याली-४, बोराङमा जन्मनुभएकी तामाङ हाल तारकेश्वर नगरपालिका-९, मनमैजुमा बसोबास गर्दै आउनुभएको छ । प्रमाणपत्र तहसम्म अध्ययन गर्नुभएकी उहाँले लामो समयदेखि सामाजिक, आर्थिक तथा उद्यमशील क्षेत्रमा सक्रिय काम गर्दै आउनुभएको छ । तामाङले कृषि, पर्यटन, साना तथा घरेलु उद्योग प्रवद्धन, ‘एक वडा एक उद्योग’ अवधारणाको कार्यान्वयन तथा प्राकृतिक स्रोत व्यवस्थापनलाई विशेष प्राथमिकतामा राख्ने योजना सार्वजनिक गर्नुभएको छ । स्थानीय स्रोत-साधनको अधिकतम उपयोग गर्दै रोजगारी सिर्जना गर्ने तथा आर्थिक सशक्तीकरणमार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्य तामाङको छ ।

राजनीतिक यात्रामा रास्वपाका संस्थापक केन्द्रीय सदस्यका रूपमा सक्रिय उहाँ विसं २०७९ मङ्सिर ४ को निर्वाचनमा समानुपातिक सूचीबाट नाम फिर्ता लिएर धादिङ-२ बाट प्रत्यक्षतर्फ उम्मेदवार बन्नुभएको थियो । निर्वाचनमा पराजित भएपछि निरन्तर पार्टी सङ्गठन विस्तार र सुदृढीकरणमा सक्रिय रहँदै आउनुभएकी उहाँले सामाजिक कार्यमा उल्लेखनीय योगदान पुर्याउनुभएको छ । प्राकृतिक विपत्का समयमा विभिन्न स्थानमा राहत वितरण गर्नुका साथै कोभिड-१९ महामारीका वेला प्रभावित समुदायलाई सहयोग पुर्याउनुभएको थियो । महिला हिंसा तथा विभेदविरुद्ध निरन्तर आवाज उठाउँदै उहाँले महिला सशक्तीकरण र उद्यमशीलता विकासमा महत्त्वपूर्ण पहल गर्नुभएको छ । प्रत्यक्ष रूपमा ७० भन्दा बढी महिलालाई रोजगारी प्रदान गर्नुका साथै अचार बनाउने तालिम सञ्चालन गरेर स्वरोजगारका अवसर सिर्जना गरेको उहाँ बताउनुहुन्छ ।

जिल्लाको माथिल्लो भेगमा टिम्मुर खेती गर्नका लागि स्थानीय किसानलाई उत्प्रेरित गर्दै उत्पादनको ब्रान्डिङमार्फत अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउन उहाँले खेलेको भूमिका महत्त्वपूर्ण मानिन्छ । व्यावसायिक रूपमा ‘नेपाली मन उद्योग प्रा.लि.’ मार्फत विगत १७ वर्षदेखि अचार उत्पादन तथा बजारीकरणमा संलग्न रहनुभएकी तामाङका उत्पादन हाल विश्वका ५० भन्दा बढी देशमा निर्यात भइरहेको छ । धर्म, संस्कृति संरक्षण तथा प्रवद्र्धनमा समेत सक्रिय तामाङले गुम्बा तथा स्तूप निर्माण, संरक्षण र प्रवद्र्धनमा योगदान दिँदै आउनुभएको छ । उहाँको बहुआयामिक अनुभव र सक्रियताले राष्ट्रिय राजनीतिमा थप ऊर्जा र नयाँ दृष्टिकोण ल्याएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह