धुन्चे । माथिल्लो त्रिशूली दुई सय १६ मेगावाट जलविद्युत् आयोजनाको सहयोगमा रसुवाका प्रभावित क्षेत्रका युवक–युवतीलाई सिप विकास तालिम सञ्चालन भइरहेको छ । गत मंगलबारदेखि धुन्चेमा एकमहिने कुक र बारिस्ता तालिम सुरू भएको हो । माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाअन्तर्गत एनडब्लुइडिसी र गोसाईँकुण्ड-६ को संयुक्त सहकार्यमा आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई स्वरोजगार बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको जनाइएको छ ।

बेरोजगारबाट रोजगार बनौँ, स्वदेश तथा विदेशमा काम गर्न सिप सिकौँ भनेर प्रभावित क्षेत्रका युवाको मागबमोजिम सो तालिम भइरहेकोे प्रशिक्षक सञ्जीव चौधरीले बताउनुभयो । तालिममा २५-२५ जना सहभागी रहेको अर्का प्रशिक्षक सुशान्त बस्नेतले जानकारी दिनुभयो । सामान्य कफी र कुकिङ गरिरहेको अवस्थामा परम्परागत सिपलाई आधुनिकतातिर लान तालिमबाट सहयोग पुग्ने प्रशिक्षार्थी चमेली विकले ‘त्रिशूली प्रवाह’ साप्ताहिकलाई बताउनुभयो । सिप सिकेर बिचमा नछाडी व्यावसायिक रूपमा लगी आत्मनिर्भर बन्ने अर्का प्रशिक्षार्थी अमिला तामाङले बताउनुभयो ।







प्रतिक्रिया