+
Search

ताजा अपडेट +

पपुलर +

उपाध्यक्ष कप छात्रा भलिबलको उपाधि सुन्दरालाई

उपाध्यक्ष कप छात्रा भलिबलको उपाधि सुन्दरालाई
त्रिशूली प्रवाह
१ घण्टा अगाडी

खरानीटार । तादी गाउँपालिकामा सञ्चालित दोस्रो उपाध्यक्ष कप अन्तरविद्यालय छात्रा भलिबल प्रतियोगिताको उपाधि सुन्दरा माविले जितेको छ ।

सुन्दराले ५० हजार नगदसहित मेडल, प्रमाणपत्र प्राप्त गरेको पालिका सदस्य शर्मिला उप्रेतीले जानकारी दिनुभयो । गाउँपालिकाको समन्वय तथा ग्रिन तारा फाउन्डेसनको आयोजनामा भएको प्रतियोगिताको उपविजेता रालुका माविले रु.३५ हजार र तेस्रो हुने विज्ञान माविले रु.२५ हजार, प्रमाणपत्र, मेडल प्राप्त गरेका छन् । विजयी विद्यालय र खेलाडीलाई पुरस्कृत गर्दै पालिका अध्यक्ष सन्तमान तामाङले खेल क्षेत्रको विकासबाट मानसिक, शारीरिक चेतनाको प्रवद्धन हुने बताउनुभयो । कार्यक्रममा पालिका उपप्रमुख सन्जु प्याकुरेल श्रेष्ठले छात्राहरूको खेल विकासका लागि भलिबल प्रतियोगिताले सहयोग पुग्ने बताउनुभयो । प्रतियोगिताको उत्कृष्ट खेलाडी सुन्दरा माविकी रश्मी तामाङ र रालुका माविकी लक्ष्मी शेर्पाले रु.६ हजार पाँच सय पुरस्कार प्राप्त गरेको आयोजक संस्थाका टासी तेन्जिङ शेर्पाले ‘त्रिशूली प्रवाह’ साप्ताहिकलाई जानकारी दिनुभयो ।

Star Nuwakot Hospital

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह