+
Search

ताजा अपडेट +

पपुलर +

रसुवा अस्पताललाई पोर्टेबल युएसजी मेसिन सहयोग

रसुवा अस्पताललाई पोर्टेबल युएसजी मेसिन सहयोग
त्रिशूली प्रवाह
२ घण्टा अगाडी

धुन्चे । हिमालयन कर्पोरेसन सोसाइटी नेपालले रसुवा अस्पताललाई एक थान पोर्टेबल युएसजी (अल्ट्रासाउन्ड) मेसिन सहयोगस्वरूप प्रदान गरेको छ । ग्रामीण क्षेत्रका नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने उद्देश्यले संस्थाले अस्पताललाई उक्त उपकरण उपलब्ध गराएको हो । नयाँ उपकरण भित्रिएसँगै अब अस्पतालमा आउने बिरामीले आवश्यकताअनुसार सहज, छिटो र प्रभावकारी रूपमा भिडियो एक्सरे सेवा प्राप्त गर्न सक्नेछन् ।

Satkar Machinery Center
Utsuk Books & Stationery

विशेषगरी गर्भवती महिला तथा अन्य जटिल अवस्थाका बिरामीले आकस्मिक (इमर्जेन्सी) शाखा र अन्तरङ्ग (भर्ना) विभागबाटै बेडमै युएसजी सेवा पाउने अस्पतालले जनाएको छ । यसबाट बिरामीलाई अन्यत्र ओसारपसार गर्नुपर्ने बाध्यताको अन्त्य हुनुका साथै रोगको तत्काल पहिचान, सही निदान र उपचार व्यवस्थापनमा ठुलो सहयोग पुग्ने विश्वास लिइएको छ । स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि तथा सर्वसाधारणको उपचारमा सहजता थप्न पुर्याएको यस महत्त्वपूर्ण सहयोगका लागि रसुवा अस्पताल परिवारले हिमालयन कर्पोरेसन सोसाइटी नेपालप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ । एक कार्यक्रमबिच हिमालयन कर्पोरेसन सोसाइटी नेपालका अध्यक्ष दावा लामाले उक्त उपकरण अस्पताल विकास समितिका अध्यक्ष निवेश श्रेष्ठ र डा.सुनीलकुमार दासलाई संयुक्त रूपमा हस्तान्तरण गर्नुभएको हो । कार्यक्रम र सहयोगबारे स्थानीय समाजसेवी प्रमोदकुमार तितुङले जानकारी दिनुभयो ।

Suzuki New Bike & Scooter

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह