+
Search

ताजा अपडेट +

पपुलर +

तेस्रो आँखा

तेस्रो आँखा
त्रिशूली प्रवाह
२ घण्टा अगाडी

विपत्तिले दुःखसँगै अवसर ल्याउँछ भन्थे चाइन्जो । नुवाकोटाँ केही व्यक्तिका लागि मौकै मौका देख्छु म त । भोटेकोशी–त्रिशूली गोमनसाँपे बाढीपछि न्वाँकोट, रसुवाँ जता हेर्यो, अवसरै अवसर । बाढी आको दुई महिनामा सरकार भने खोज, उद्धार राहतमा अल्मलिएसि प्रभावित बिचरा अच्युत, विक्रम, राजनको नाम न जपेर के गरून् त । पुनःस्थापना र पुनर्निर्माणको खाका ल्याउन नसक्ने हुतिहारा घन्टे सरकारले राहतकोषाँ जम्मा भएको पैसा स्थानीय र प्रदेश निर्वाचनमा खर्च गरे भने चाइन्जो आसर्जे नमान्दा हुने भो ! प्रभावितलाई दाताले दिएको रकमलाई प्रधानमन्त्री र नारदमन्त्री हामीले भनेर दिएको भन्दै सामाजिक सञ्जालभरि पोस्ट गरेसि सहकारी ठगहरूको निर्देशनाँ चलेको सरकारको चाइन्जो पारा पनि देखियो । तटीय क्षेत्रका बासिन्दा आवतजावतका लागि अझै वैकल्पिक बाटो र अस्थायी संरचनामा भर पर्नुपर्ने बाध्यता कहिले अन्त्य हुने हो खै चाइन्जो ! तीन तहका सरकारको भने केही थान तुइन, झोलुङ्गे पुल र बेलिब्रिजको जस लिने होडबाजीलाई भने मान्नैपर्छ । प्रदेश संरचना खारेजीको बहस चरमोत्कर्षमा पुगेनि झन्डा हल्लाउन पाएका प्रदेशमन्त्रीले झोलुङ्गे पुलका लागि लठ्ठा र ग्रिपसहित केही सामान उपलब्ध गराउँदा नि नाम नआएसि ठेकेदार सङ्घलाई खेद प्रस्ताव प्रकट गरेको पनि चाइन्जो सुनियो । कुरो के रहेछ भने चाइन्जो भौतिक मन्त्रालयले गरेको सहयोगको सट्टा त्यही मन्त्रालयमातहतमा जिल्लामा रहेको पूर्वाधार कार्यालयको नाम लेखिएसि मन्त्री केसी आगो भए । उनले सूचना बोर्ड फेर्न दबाब दिएसि पुराना दलको पुरानै सोच छताछुल्ल भइगयो चाइन्जो ! स्थानीय तहका जनप्रतिनिधि भने चाइन्जो तुइनको लठ्ठा तान्न तँछाडमछाड गरेको फोटो सामाजिक सञ्जालमा पोस्ट गर्दै मख्ख छन् बा !

Utsuk Books & Stationery
Satkar Machinery Center

Suzuki New Bike & Scooter

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह