बट्टार । गत भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको विध्वंसकारी हिमबाढीबाट घरबारविहीन हुनुभएकी शिक्षक मीरा सुवेदीलाई अर्किड एकेडेमी विदुर–४, बट्टार, नुवाकोटले गत महिना आर्थिक सहयोग प्रदान गरेको छ । बाढीका कारण एकेडेमीकी शिक्षक सुवेदी घरबारविहीन हुनुभएको थियो ।


एकेडेमीले शिक्षक, कर्मचारी, स्कुल र विद्यार्थीको संयुक्त प्रयासबाट सङ्कलित कुल रु. एक लाख २१ हजार हस्तान्तरण गरेको प्रिन्सिपल रामहरि रिमालले जानकारी दिनुभयो । एकेडेमीका शिक्षक र कर्मचारीको तर्फबाट रू.६० हजार ६०, एकेडेमीको तर्फबाट रू.५० हजार, विद्यार्थीबाट रू.१० हजार नौ सय ४० सङ्कलन भएको थियो । यसअघि एकेडेमीले प्याब्सन विपत् कोषमा रू.२० हजार, शिक्षक-कर्मचारीको एक दिनको तलबबराबरको रू.३७ हजार र विद्यार्थीबाट सङ्कलित रू.१० हजार गरी जम्मा रू.६७ हजार हस्तान्तरण गरेको थियो । योसहित एकेडेमीले जम्मा रू.एक लाख ८८ हजारबराबरको सहयोग प्रदान गरिसकेको छ । प्याब्सन नुवाकोटको तर्फबाट एकेडेमीकी शिक्षक सुवेदीले रू.६० हजार प्राप्त गरिसक्नुभएको छ ।






प्रतिक्रिया