विदुर । गत भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको विध्वंसकारी हिमबाढीबाट प्रभावित नागरिकको हकहित संरक्षण, समस्या समाधान तथा पीडितका जायज माग सम्बोधन गर्न, सरकारलाई दबाब दिन सरोकार समिति गठन भएको छ । नुवाकोटको किस्पाङ, विदुर, बेलकोटगढी, तारकेश्वर पालिकाका बाढी प्रभावितको भेलाले ३३ सदस्यीय भोटेकोशी–त्रिशूली बाढीपीडित सरोकार समिति गठन गरेको छ ।


समितिको संयोजकमा सूर्य कँडेल, सहसंयोजक तीनजनामा सुरेन्द्रराज केसी, रामहरि अधिकारी, अष्टमान डङ्गोल चयन हुनुभएको छ । त्यसैगरी, समितिको सचिवमा नवीन्द्रमान प्रधान, सहसचिवमा किरणप्रसाद अधिकारी, कोषाध्यक्षमा शम्भु सिग्देल र सदस्यमा नारायण श्रेष्ठ, महेन्द्र श्रेष्ठ, सुदीप अमात्य, हरिप्रसाद अधिकारी, बबि रिमाल, काजीमान डङ्गोल, वसन्त रिजाल, विष्णुबहादुर बोगटी, पुरुषोत्तम पौडेल, रामचन्द्र बडाल, विष्णुप्रसाद प्याकुरेल, उत्तम प्याकुरेल, नवीन चित्रकार, कुशल श्रेष्ठ, सचिन डङ्गोल, मीनकुमार खतिवडा, दीपकलाल चित्रकार, विनोद चित्रकार, कविराज घले, राजाराम घिमिरे, चन्द्रप्रसाद घिमिरे, सुजन खतिवडा, पुरुषोत्तम श्रेष्ठ, आयुस श्रेष्ठ चयन हुनुभएको छ ।

बाढीबाट प्रभावित नागरिकले भोग्दै आएका समस्याको पहिचान गरी समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने समितिको उद्देश्य रहेको बताइएको छ । बाढीपीडितका माग तथा मुद्दालाई प्रभावकारी रूपमा उठाउने, राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न पहल गर्ने र प्रभावित परिवारको पुनस्र्थापनाका लागि आवश्यक समन्वय गर्ने समितिले लक्ष्य लिएको छ । समितिले स्थानीय तह, सम्बन्धित सरकारी निकाय तथा अन्य सरोकारवालासँग समन्वय र सहकार्य गर्दै बाढीपीडितका समस्या समाधानका लागि पहल गर्ने अपेक्षा गरिएको छ । बाढीबाट प्रभावित नागरिकको जनजीवन सामान्य बनाउन, क्षतिको उचित सम्बोधन गर्न तथा पीडितका जायज मागलाई सम्बन्धित निकायसम्म पु¥याउन समितिले सक्रिय भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ । सरोकार समितिको सल्लाहकारमा प्रतिनिधिसभाका पूर्वसदस्य नारायणप्रसाद खतिवडा, नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठ, त्रिशूलीबजारवासी हाल लुम्बिनीमा रहनुभएका भिक्षु मैत्री महास्थविर अम्जद आलम, दिलबहादुर गुरुङ रहनुभएको छ । समितिलाई थप बल पु¥याउन र कागजपत्र जुटाउन नुवाकोटको बाढी प्रभावित क्षेत्रका सबै वडामा समिति गठन गरी समस्या र मागसहित कात्तिक १४ गते शनिबारभित्र उपलब्ध गराउन समन्वय गर्ने जानकारी संयोजक कँडेलले दिनुभयो ।





प्रतिक्रिया