+
Search

ताजा अपडेट +

पपुलर +

आर्किटेक्ट पृथ्वी : कानुन, कला र सुरक्षाका सङ्गम

आर्किटेक्ट पृथ्वी : कानुन, कला र सुरक्षाका सङ्गम
त्रिशूली प्रवाह
१ घण्टा अगाडी

काठमाडौँ । राष्ट्रसेवक र कलाकार दुवै भूमिकामा सफलतापूर्वक अघि बढ्दै गरेका विदुर-२, नुवाकोटका पृथ्वीन्द्र खनालले प्रतिभा र प्रतिबद्धताको दुर्लभ उदाहरण प्रस्तुत गर्नुभएको छ । चर्चित गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’मार्फत सङ्गीत क्षेत्रमा परिचित बन्नुभएका पृथ्वीका विभिन्न गीतले स्रोतामाझ विशेष स्थान बनाएका छन् ।

Utsuk Books & Stationery

सशस्त्र प्रहरी बल, नेपालका नवपदोन्नत नायब उपरीक्षक (डिएसपी) आर्किटेक्ट पृथ्वीन्द्र खनाल (पृथ्वी) बहुआयामिक प्रतिभा, अनुशासन र राष्ट्रसेवाको अनुपम उदाहरणका रूपमा परिचित हुनुहुन्छ । आधुनिक नेपालको दोस्रो राजधानीका रूपमा चिनिने नुवाकोटमा जन्मिएर हुर्किनुभएका उहाँले बाल्यकालदेखि नै इन्जिनियर बन्ने सपना बोकेर अध्ययन र सङ्घर्षको यात्रा अघि बढाउनुभएको थियो । इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गतको थापाथली क्याम्पसबाट इन्जिनियरिङ शिक्षा पूरा गर्नुभएका खनाल करिब १६ वर्षअघि सशस्त्र प्रहरी बल, नेपालमा प्रवेश गर्नुभएको थियो । सङ्गठनप्रतिको निष्ठा, व्यावसायिक दक्षता र निरन्तर समर्पणका कारण उहाँ हालै नायब उपरीक्षक (डिएसपी) पदमा पदोन्नति हुनुभएको छ । सुरक्षा सेवाको जिम्मेवारीसँगै कला र सङ्गीतप्रतिको उहाँको लगावले खनाललाई फरक पहिचान दिलाएको छ ।

‘त्रिशूली प्रवाह’ साप्ताहिकसँगको कुराकानीमा आर्किटेक्ट खनालले भन्नुभयो, ‘व्यक्तिगत जीवनमा सेवानिवृत्त राष्ट्रसेवक पिताको मार्गदर्शन, गृहिणी आमाको ममता तथा दाजु-दिदीबहिनीको साथ र प्रेरणाले मेरो व्यक्तित्व निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेको छ, परिवारको निरन्तर सहयोग र हौसलाले मलाई हरेक चुनौती सामना गर्दै सफलता हासिल गर्न ऊर्जा प्रदान गरेको छ ।’ इन्जिनियर, गायक र राष्ट्रसेवकका रूपमा परिचित पृथ्वीन्द्रको जीवनयात्रा अनुशासन, परिश्रम, सिर्जनशीलता र राष्ट्रप्रतिको समर्पण अरूका लागि प्रेरणादायी छ । डिएसपी पदमा उहाँको पदोन्नति केवल व्यक्तिगत सफलता मात्र नभई युवा पुस्ताका लागि मिहिनेत, लगनशीलता र बहुआयामिक क्षमताले सफलता सम्भव बनाउँछ भन्ने सशक्त सन्देश दिएको उहाँका सहपाठी बताउँछन् ।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह