+
Search

ताजा अपडेट +

पपुलर +

‘नेपाली समाजमा बुहार्तन’ लेखले मन छोयो

‘नेपाली समाजमा बुहार्तन’ लेखले मन छोयो
त्रिशूली प्रवाह
२ घण्टा अगाडी

‘त्रिशूली प्रवाह’ साप्ताहिकमा अघिल्लो हप्ता (वर्ष २७ अङ्क १४) पृष्ठ २ मा प्रकाशित ‘नेपाली समाजमा बुहार्तन’ शीर्षकको निरुता लामिछानेद्वारा लिखित विचार पढ्दा मलाई साह्रै दुःख लाग्यो अनि मलाई पनि केही शब्द लेख्न मन लाग्यो । एउटी महिला आफ्नो जन्मघर छाडी अर्काको घर गइसकेपछि अझ त्यसमा पनि आफ्नो जागिर धानी सम्पूर्ण घर गृहस्थीदेखि लिएर नाता, कुटुम्बसम्मलाई हेर्नुपर्ने त्यही पनि घरपरिवारभित्रका सदस्यको बुहार्तन सहेर बस्नुपर्ने कस्तो विडम्बना । त्यो कतिसम्मको पीडा हुन्छ, सायद भोग्नेलाई मात्र थाहा होला । समाजमा हुनेखाने, समृद्ध तथा पितापुर्खाकै वर्चश्वलाई आधार मानी हुने गरेको र हुँदै आएको परिस्थितिलाई उहाँको लेखमा अझै प्रस्ट्याएको पाएँ । एउटी शिक्षित महिला जो सधैँ पुरुषका तथा घरभित्रका अन्य सदस्यबाट थिचोमिचो नभए क्रन्दन र रूखो बोली-व्यवहारबाट तथा उनीहरूलाई महिलाकै उपनाम दिएर पनि आफ्नै दैनिक कार्यहरूमा रातदिन खटिनुपर्दाका अवस्थामा हाम्रो नेपाली समाजको प्रत्येक घरपरिवारको कारुणिक पक्षलाई उजागार गरेको पाएँ । यसलाई हामी सबैले प्रोत्साहन गर्नुपर्छ । तसर्थ, देशमा आएको राजनीतिक परिवर्तनले मात्र समाज परिवर्तन भयो भनी देख्नेहरूलाई लामिछानेको उक्त लेख दोर्हायाई-तेर्हयाई पढ्न आग्रह गर्दछु ।

Utsuk Books & Stationery

 

 

रामहरि अधिकारी
विदुर-८, नुवाकोट

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह